- कविता
ए आमा !
हाम्रा बा किन बहुलाएका ?
गाउँलेले ५ बर्षसम्म यहि घर बस्नु भनेकै थिए
हाम्रा बाले पनि यो शासन मानेकै थिए
हाम्रा बा किन बहुलाएका ?
गाउँलेले ५ बर्षसम्म यहि घर बस्नु भनेकै थिए
हाम्रा बाले पनि यो शासन मानेकै थिए
मृगौला फेरेपछि
एक्कासी के भुत चढ्यो हाम्रा बालाई
के सुर चढ्यो हाम्रा बालाई !
म जस्तो ठुलो कोहि होइन भन्न थाले
गाउँलेहरु त केहि होइनन् भन्न थाले
सर्वस्व आफैंलाई ठान्न थाले
अहिले त घर नै भत्काउँछु भन्छन
म नरहे सबैलाई सिध्याउँछु भन्छन !
आमा !
हाम्रा बाको समस्या दिमागमा रहेछ, मृगौला फेरेर कहाँ हुन्थ्यो र ?
आमा हाम्रा बाको दिमाग कसरी ठिक पार्ने होला ?
कि नयाँ मृगौला झिकेर पूरानैले काम चलाउने होला ?
-एसपी सुमन
(व्यंग्य)