
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले दाङको तुलसीपुर उपमहानगरपालिका–६ का मौरी व्यवसाय गर्दै आएका बिनोद हमालले मौरी घारबाट मह निकाल्दै गरेकोदेखि चिसोबाट जोगिन आगो ताप्दै पर्साका सर्वसाधारणसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
दाङको तुलसीपुर उपमहानगरपालिका–६ का मौरी व्यवसाय गर्दै आउनुभएका बिनोद हमाल मौरी घारबाट मह निकाल्दै । उहाँले एक घारबाट २० देखि ३० केजीसम्म मह उत्पादन हुने गरेको बताउनुभयो ।

चिसोबाट जोगिन सोमबार विहान आगो ताप्दै पर्साका सर्वसाधारण । लगातार चार दिनदेखिको शीतलहरले तापक्रमलाई घटाउदै लगेपछि उनीहरुको दैनिकी नै प्रभावित हुनथालेको छ ।

बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि हालै सञ्चालनमा आएको विश्वकै दोस्रो आग्लो बन्जिजम्प पुलमा आन्तरिक पर्यटक ।

बागलुङको बलेवा,पहरेबाट देखिएको सूर्योदय ।

मकवानपुरको पहाडी क्षेत्र थाहा नगरपालिकास्थित एक हजार ९०० मिटर उचाइमा अहिले सोमबार बिहान जमेको तुषारो ।

आफ्नो पसिना मूल्य नपाएपछि उखु किसान सङ्घर्ष समितिले सोमबार माइतीघर मण्डलामा धर्ना जारी गर्दै ।

गैर आवासीय नेपाली सङ्घले भूकम्पपीडितका लागि गोरखा लाप्राक धार्चे गुप्सीपाखामा बनाएको नमुनाबस्ती।

पोखरा– १७ स्थित रातोपैह्राका क्यान्सरपीडित शंकर नेपालीको उपचारार्थ रु ११ हजार ६४५ उहाँका श्रीमती रत्नदेवी नेपालीलाई हस्तान्तरण गर्दै स्थानीय शुभकामना आमा समूहका अध्यक्ष हीरा अधिकारीलगायत । घाँटीको क्यान्सर भएका नेपालीको हाल गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ घोडाबाधे खण्डमा कालोपत्र हुन नसक्दा सवारीले उडाएको धूलो ।

गण्डकी प्रदेशको नवलपुर जिल्लाको विनयी त्रिवेणी नगरपालिका– ६ स्थित गजेन्द्रमोक्षधाम परिसरमा आन्तरिक पर्यटक । गजेन्द्रमोक्षधाम पछिल्लो समयमा आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।

आफ्नो पसिना मूल्य नपाएपछि उखु किसान सङ्घर्ष समितिले सोमबार माइतिघर मण्डलामा धर्ना जारी गर्दै । साथमा कलाकार बद्री पँगेनीले किसानलाई गीत प्रस्तुत गरी साथ दिनुभएको थियो ।

प्रदेश नं २, सप्तरीको तिरहुत गाउँपालिका–५ अवस्थित एक प्रसिद्ध साँस्कृतिक एवं मनोरमस्थल लोहजारा दह । यो ताल संरक्षण र प्रचारप्रसारको पर्खाइमा रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्