इस्लामावाद । इस्लामाबाद र बेइजिङ बीचको असहमतिको कारण पाकिस्तानले बहुचर्चित पाकिस्तान रेलवे एमएल-१ परियोजनालाई रोक्न सक्ने सम्भावना भएको उच्च स्रोतले जनाएको छ। योजना, विकास तथा विशेष पहल मन्त्री अहसान इकबालको अध्यक्षतामा बसेको सीपीईसी समीक्षा समितिको बैठकमा यस विषयमा छलफल भएको थियो। ‘चिनियाँ पक्षसँग लागत नमिल्ने भएकाले एमएल-१ आयोजनाको पीसी-१ सम्भव नभएको रेल मन्त्रालयले जनाएको छ,’ स्रोतले भने, ‘यस विषयमा रेलमन्त्रीलाई मूल्यांकन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।’
पाकिस्तान रेलवेको एमएल-१ परियोजना सीपीईसी अन्तर्गत देशको सबैभन्दा ठूलो प्रस्तावित पूर्वाधार परियोजना थियो । जसलाई राष्ट्रिय आर्थिक परिषद्को कार्यकारी समितिले अगस्त ५, २०२० ६।८०६८ बिलियन अमेरिकी डलरको अनुमानित लागतमा अनुमोदन गरेको थियो । चिनियाँ पक्षसँग ऋण शर्तको आर्थिक वार्ताका लागि प्रधानमन्त्रीको निर्देशनमा योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा उच्चस्तरीय वित्त समिति गठन भएको थियो। जसले एमएल–१ आयोजनाको आर्थिक सहयोगका विषयमा अहिलेसम्म आठवटा बैठक बोलाएको छ ।
अप्रिल ८, २०२० मा विभिन्न ऋण सर्तहरू समावेश गरिएको प्रस्तावित अवधि पाना चिनियाँ पक्षसँग साझा गरिएको थियो। तर, ऋणको अन्तिम सर्तहरू दुई देशका वित्तिय समितिहरूबीच उचित छलफल र वार्ता प्रक्रियापछि टुंगो लाग्ने बताइएको थियो । प्याकेज-१ को २ अर्ब ४३५ बिलियन अमेरिकी डलर ऋणको औपचारिक अनुरोध नोभेम्बर २५, २०२० मा आर्थिक मामिला विभाग (ईएडी) मार्फत चिनियाँ पक्षलाई गरिएको थियो। पाकिस्तान रेलवे एमएल-१ को विषयलाई लिएर इस्लामाबाद र बेइजिङमा विभिन्न तहमा छलफल भए पनि आयोजनाको लागतमा दुवै पक्षबीच सहमति हुन सकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्