पछील्लो समय मुलाधारका नेताप्रती आम जनमानसमा वितृष्णा बढ्दो भएपनी केही यस्ता नेताहरु छन स जो नैतिकता र इमानदारिताको कसिमा खरो उत्रीएका कारण आम मानिसबिच लोकप्रिय छन ।
शालिन व्यवहार र सादगी व्यक्तित्वका धनी प्रदिप ज्ञवाली सोही गुणका कारण आम जनमानसमा र विपक्षी दलका नेताहरुमाझ पनि अत्यन्त लोकप्रिय नेता हुन् । हुने बिरुवाको चिल्लो पात भनेझैँ कुशाग्रबुद्दीका ज्ञवाली भोलिका दिनमा महान व्यक्तित्व हुनेछन् भन्ने कुरा उनको बाल्यकालबाट नै प्रष्ट हुन्छ ।
६ बर्षको उमेरमा स्कुल भर्ना भएका ज्ञवाली राम्रो पढाइका कारण क्लास जम्प गर्दै ९ बर्षको हुँदा ६ कक्षा पुगिसकेको थिए । उनको सोही स्वभावका कारण उनी १३ बर्षको उमेरमा एसएलसी उतिर्ण भए । विज्ञान र अंग्रेजीमा दख्खल राख्ने ज्ञवालीलाई परिवारले विज्ञान पढोस्, डाक्टर बनोस् भन्ने आकांक्षा राख्थे । तर, २०३४ सालमा जीवराज आश्रितसँको भेटले उनको जिवनयात्रा नै बदलदियो ।
सानैदेखि कविता लेख्न रुचाउने ज्ञवाली काउले स्कूलमा पढाउँदै गर्दा दिउँसोको समय घाम ताप्दै, अपाङ्गको मगन्ते विषयमा खण्डकाव्य लेख्दै थिए । अकस्मात आइपुगेका आश्रितले उनको लेखाइको प्रशंसा गर्दै गरिबको पक्षमा लेख्नमात्र नभई डटेर उभिन पनि आग्रह गरे । वि.सं. २०२८ सालमै आफू पढ्दै गरेको चौतारा स्कुलबाट जुलुस निकालेर त्यसको नेतृत्व गरेका थिए ।
त्यतिमात्र होइन जीवराज आश्रितसँगको त्यो भेटले ज्ञवालीलाई २०३० सालमै कक्षा ८ पढ्दैगर्दा पुष्पलालको पार्टीको विद्यार्थी संगठनमा स्कुलको इकाई सदस्य भइसकेका ज्ञवालीलाई अझै डटेर कम्युनिस्ट राजनीतिमा लाग्न प्रेरित गरायो । वि.सं. २०३५ साल चैतमा आश्रित सचिव रहेको गुल्मी-पाल्पा संयुक्त समितिको नेकपा मालेको जिल्ला समिति सदस्य बनेपछी उनी पुर्णकालिन राजनीतीज्ञको रुपमा भुमीगत भए ।
डक्टर बनेर रोगको चिरफार गर्ला भनिएका ज्ञवाली समाजमा व्याप्त असमानताको चिरफार गर्ने बाटोमा अघि बढे । राजनीतिक यात्राकै क्रममा ज्ञवालीको पाल्पाली ढाका उद्योगमा मजदुरको आवरणमा संगठनको काम गर्दै गरेकी सरस्वती ‘किरण’ सँग भेट यो । उक्त भेटले अन्ततः ज्ञवाली र सरस्वतीलाई जनवादी विवाहसम्म पुयायो । राजनीति छोडेर सरस्वती पारिवारीक जिवनमा फर्किइन भने ज्ञवाली अझ शसक्त रुपमा भूमिगत राजनीतिमा लागे । त्यसैले प्रदिप ज्ञवालीको राजनीतिक यात्रामा सरस्वतीको त्याग र बलिदानको ठूलो योगदान छ ।
वि.सं. २०४४ सालमा जनआन्दोलन हुने चर्चा परिचर्चा हुँदै गर्दा सरस्वती गर्भवती थिइन् । ६ महिनाको बच्चा पेटमा हुँदैगर्दा छापा मार्न प्रहरी घरमा आउँदै गरेको सूचना पाएर घरमा भएका चिठिपत्र र कागजात लुकाएर हतार–हतार लिस्नुबाट झर्न खोज्दा उनी भैंसी बाँध्ने किलामा ठोकिइन् भने लिस्नु पनि खसेर उनको पेटमाथी बज्रीयो । उनको पहिलो सन्तान, छोरीको ‘प्रि-म्याचुअर्ड’ डेलिभरी भयो । मस्तिष्क पक्षघात भएकी छोरी हिडडुल गर्न, बोल्न र आँफै खान सक्दिनन् ।
यसरी पढाई, वैवाहिक जिवनका रसरङ्ग, परिवार सबैलाई तिलाञ्जली दिएर राजनैतिक परिवर्तका लागि होमिएका ज्ञवाली परिवर्तनपछि लाभको पदमा हुँदा पनि अनुचित लाभ लिने बाटोमा कहिल्यै लागेनन् । २०५६ सालमा प्रतिनिधिसभामा निर्वाचित भई काठमाडौं आएर बुद्धनगरस्थित डेरामा बस्दै गरेका ज्ञवालीले कौशलटारमा जस्ताले छाएको कच्ची घर किने तर दुर्भाग्य २०६२-०६३ ताका ठूलो हुरिले घर भत्काइदियो र उनको परिवार पुनः डेरामा फर्किन बाध्य भयो । रिन–धन गरेर मुस्किलले एउटा घडेरी किनेर शंखमुलमा घर बनाएका ज्ञवाली अझै पनि रिनको तनावमा छन् ।
पटक-पटक सांसद, मन्त्री बन्दा पनि अनुचित तबरबाट आयआर्जन गर्दै आफ्नो दुनो सोझ्याउनेतर्फ कहिल्यै लागेनन् ज्ञवाली । पर्यटन तथा नागरीक उड्ड्यन मन्त्री हुँदा र करिब सवा ३ बर्ष परराष्ट्र मन्त्री भएपछी सार्वजनिक सम्पत्ती वितरणमा केही घरायशी सामान र करिब दुई सय पुस्तक थपिनुभन्दा केही फेरबदल भएको छैन ।
मन्त्री पद गुमाएपछि रोनाधोना गर्ने, गाली-गलौच गर्ने, क्वाटर छाड्न नमान्ने, क्वाटरको टेबल कुर्सीसमेत उठाएर लैजाने हाम्रा आम मन्त्रीहरूको सिको मन्त्री ज्ञवालीले कहिल्यै गरेनन् । शालिन ढङ्गले इमानदार भई प्रस्तुत भए । र त प्रदिप ज्ञवाली भए ।
पछिल्लो समय लगभग सवा तीन बर्ष परराष्ट्र मन्त्रीको रुपमा उनको कार्यकाल निकै प्रशंसनीय एवंम उपलब्धी मुलक रह्यो । अन्तराष्ट्रिय मंचमा नेपालको यत्तिको गर्विलो उपस्थिती निकै दशकपछि मात्र ज्ञवालीको कार्यकालमा भयो । राष्ट्रिय राजनीतिमा यस्तो प्रभावशाली छवि बनाएका ज्ञवालीले आफ्नो गृहजिल्ला गुल्मीलाई पनि विकासको बाटोमा अघि बढाउन यथस्ट प्रयत्न गरेका छन् । कालिगण्डकी करिडोर, मदन भण्डारी राष्ट्रिय राजमार्ग, रेसुङ्गा एयरपोर्ट, राष्ट्रिय राजमार्ग नं १९ जस्ता रणनैतिक पुर्वधारको कामहरु आफ्नै पहलमा सुरु गरेका ज्ञवाली उक्त परियोजनाहरु यथासिघ्र सम्पन्न गराउने तर्फ कटिबद्ध छन् ।
शिक्षाको क्षेत्रमा पनि ४२ सालमा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पस आङ्गिक क्याम्पस बनेको छ । रानिबास स्थित श्रीङेश्वर बहुमुखी क्याम्पसमा कृषी पढाइ हुन थाल्नु, मजुवामा सिभिल इन्जिनियरिङको पढाइ सुरू हुनुमा प्रदिप ज्ञवालीको विशेष पहल रहेको छ । यसबाहेक जिल्लामा २५ शैँयाको अस्पताल, कोभिडकालमा अक्सिजन प्लान्ट र पिसिआर टेस्ट, खाने पानीको सन्दर्भमा एकघर एक धारा ज्ञवालीकै पहलमा भएका हुन् । जिल्लाका विभिन्न ४० सडक कालोपत्रका लागि बजेट विनियोजन, रिडीमा केन्द्र सरकार र प्रदेश सरकारको सहकार्यमा चलिरहेको प्रदेश गौरवको आयोजना लगायत अन्य थुप्रै विकासका काममा ज्ञवाली सदैव अग्रसर रहदै आएका छन् ।
यसरी केन्द्रीय राजनीतिको माथिल्लो तप्कामा पुगेर पनि आफ्नो धरातल नभुलेका नेता हुन् प्रदिप ज्ञवाली । इमानदारीता र नैतिकताको कसिमा खरो उत्रिएका ज्ञवाली गुल्मी जिल्ला र राष्ट्रिय राजनीतिलाई अत्यावश्यक पात्र हुन् । असक्त, बेसाहारा र वृद्धवृद्धाहरुको साहारा बनेका ज्ञवाली युवाहरुको एकीकरण र उनीहरूको रोजगार सँग जोडिएका विषयमा निकै चिन्तित छन् ज्ञवाली । (लेखक: विष्णु बाबु पन्थ)