काठमाडौँ । डिस होम । अहिले टिभी हेर्दा सबैभन्दा धेरै ग्राहकले लिने सेवावाला कम्पनी हो यो । कुनै बेला होम टिभी र डिस नेपाल मर्ज भई बनेको कम्पनी डिस होमले भने बार्षिक करोडौं रुपैयाँ कर छली गर्ने गरेको पाइएको छ । प्रचार गर्ने बेलामा ग्राहक संख्या बढी छन् भन्ने आशय प्रस्तुत गर्ने, तर कर तिर्ने बेलामा कम ग्राहक संख्या देखाएर डिस होमले कर छल्ने गरेको पाइएको हो । यसो त डिसहोमका ग्राहक कति छन् भन्ने तथ्य अन्य नियामक निकायसँग पनि छैन । यहि कुराको फाइदा उठाउँदै डिस होमले कर छल्ने गरेको पाइएको छ ।
यस्तो छ हिसाबकिताब
यसो त डिसहोमको सेवा दिने कम्पनी डिस मिडिया नेटवर्कले कति रुपैयाँ कर तिरेको छ तथ्यबाट नै उसले कर छलिरहेको छ भन्ने बुझ्न गाह्रो छैन । यो समाचार तयार गर्दा हामीले डिस होमले तिर्ने गरेको करको पछिल्लो विवरण त हात पार्न सकेनौँ, तर कम्पनीले महिनाको सरदर १ करोड ३५ लाख कर बुझाउने रहेछ भन्ने बुझ्न आधार भने भेटिएको छ। आर्थिक बर्ष २०७५/७६ को पहिलो ४ महिनामा कम्पनीले तिरेको कर ५ करोड ४० लाख रुपैयाँलाई आधार बनाउने हो भने यो कम्पनीले महिनाको सरदार १ करोड ३५ लाख रुपैयाँ कर बुझाउने रहेछ भन्ने बुझ्न सकिन्छ ।
अव प्रश्न उठ्छ- डिस होमका ग्राहक कति होलान् ? यसको जवाफ डिस होम नै दिंदैन । बरु कम्पनी आफ्नो बजार हिस्सा २५ प्रतिशत छ भन्छ । २५ प्रतिशत त भयो, तर १०० प्रतिशतचाहिं कति हो त ? संचार मन्त्रालयका एक अधिकारीका अनुसार नेपालमा झन्डै ५० लाख टेलिभिजनका ग्राहक छन् । अव यहि ५० लाख ग्राहकको संख्यालाई आधार बनाउने हो भने डिस होमसँग उसैले दाबी गरेको २५ प्रतिशतका दरले १२ लाख ५० हजार ग्राहक छन् । यसमा सबै ग्राहक सक्रिय नहुन सक्छन् । मानौँ १२ लाख ५० हजारमा १० लाख ग्राहक सक्रिय छन् ।
अव कम्पनीले लिने शुल्क र यो तथ्यांकको हिसाब गरौँ । कम्पनीले १० लाख ग्राहकबाट मासिक ४ सय रुपैयाँ शुल्क र त्यसमा १३ प्रतिशत भ्याट उठाउँछ । ४ सय रुपैयाँको भ्याट भनेको ५२ रुपैयाँ हुन्छ । १० लाख ग्राहकबाट ५२ रुपैयाँ भ्याट उठाउँदा कम्पनीले ५ करोड २० लाख रुपैयाँ भ्याट वापत मासिक उठाउँछ कम्पनी । तर उसले मासिक भ्याट वापत भन्दै करदाता सेवा कार्यालयमा १ करोड ३५ लाख रुपैयाँ मात्र उठाएको छ ।
अव कुरा आउँछ, कम्पनीको सेल्ससँगै पर्चेज पनि त होला । पक्कै हुन्छ । तर कम्पनीले गर्ने सेल्सको मात्रा अनुसार त्यहि अनुसारको खरिद सधैं हुँदैन । ठुला ठुला सामान ल्याएर कम्पनीले सुरुमै त्यसको भ्याट मिलान गरिसकेको हुन्छ । यो कम्पनीको प्रकृति हरेक महिना नयाँ नयाँ सामान ल्याउने भन्ने छैन । त्यसैले पनि उसले मासिक रुपमा तिर्ने भ्याटको रकम ठिक छैन भन्ने बुझ्न गाह्रो छैन ।
ठुला करदाताको छापादेखि निरन्तर निगरानीसम्म आईपुग्दा…
यसो त डिस होमले यसरी बर्षौंदेखि करोडौं कर छलेको भन्दै अख्तियारदेखि ठुला करदातासम्म उजुरी थिए । उजुरी परेपछि ठुला करदाताको कार्यालयले समिति नै गठन गरेर अनुसन्धानसमेत थालेको थियो केहि समय अघि । अहिले पनि सो अनुसन्धान जारी छ । ठुला करदाताले कम्पनीमा छापा मारेर उसका कागजात नियन्त्रणमासमेत लिएको थियो । डिस होमको समग्र प्रणालीकाअनुसन्धान थालिएको ठुला करदाताको भनाई छ । कम्पनीले आयात गरेका सेटअप बक्स संख्याभन्दा ग्राहक संख्या अति नै न्यून भएकोबारे पनि अनुसन्धान भईरहेको ठुला करदाताको भनाई छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्