काठमाडौँ । भारतबाट भूकम्प प्रभावितहरुको उद्धार तथा राहतका लागि चौथो चरणको राहत सामाग्री नेपाल आइपुगेको छ । नेपाल आएको अत्यावश्यक चिकित्सा सामग्रीसहितको चौथोचरणको भूकम्प राहत सामग्री भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरणसमेत गरिसकेको छ ।
नेपाल चिकित्सक संघको माग अनुरुप भारतले अत्यावश्यक चिकित्सा सामाग्रीसहितको राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ ।
भारतीय दूतावासका अनुसार चौथो चरणको राहत सामाग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन् । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन राहत सामग्री उपलब्ध गराइसकेको छ ।
छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको दूतावासले जनाएको छ ।