- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । बाँच्नु मात्रै सबैथोक पक्कै होईन । बाँच्नका लागि हरेक पल मानवजिवनमा कयौँ कसरत र मिहेनत गर्नुपर्छ । चार जात छत्तिस वर्णको साझा फुलवारी हाम्रो देश नेपालमा फरक फरक जात, धर्म र संस्कृतिका नागरिकहरुको बसोबास रहेको छ । फरक परिवेश र फरक पहिचानसँगै जिविको चलाउनका लागि अंगालेका पेशा र काम पनि फरक फरक देखिन्छन् । अझ तराई क्षेत्रमा अत्याधिक बाहुल्यता रहेका थारु समुदायको दैनिकी झनै बेग्लै छ ।
तराईका विशेष गरी कैलाली-कञ्चनपुरमा अधिकांश थारु समुदायका महिलाहरु कााँधमा ‘तापी’ (माछा मार्ने जाल) र कम्मरमा ‘डिलिया’ (माछा राख्ने भाँडो) लिएर खोलाहरुमा देखिन्छन् । थारु समुदायमा पहिलेदेखी नै यसरी माछा मार्ने चलन रहिआएको उनिहरु बताउँछन् । कतिपय थारु समुदायका परिवारले त माछा मारेरै जिविको चलाउने गर्दछन् । यसरी मारेको माछा कतिपयले टिना (तरकारी) बनाए खान्छन् भने कतिपयले सुकाएर बेच्ने गर्दछन् ।
अझैपनि थारु समुदाय पिछडिएको तर्क थारु अगुवाहरुले ने गरिरहेका छन् । तर पनि सरकारले यि समुदायलाई विकल्प दिन नसक्दा र प्रविधिको पहुँच नहुँदा उहि परम्परालाई आत्मसाथ गर्दै आएका छन् । कोरोना माहामारी र जारी निशेधाज्ञाका बीचपनि कैलालीका थारु समुदायका महिलाहरु यसरी नै माछा मार्दै गरेको देखिन्छन् । बाँकी फोटोमा हेर्नुहोस्ः