काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि युके पठाउने भन्दै रकम ठगी गर्ने ३१ वर्षीय राहुल पुन्ज पक्राउ परेका हुन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पुन्जको स्थायी घर धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. ३ हो भने हाल उनी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ बस्दै आएका छन् ।
प्रहरीका अनुसार उनले युके पठाउने भन्दै एक जनाबाट ४२ लाख रुपैयाँ ठगी गरेका थिए । हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्