काठमाडौँ । भोटेकोशीमा आएको बाढीले ध्वस्त बनाएको त्रिभुवन त्रिशूली माध्यामिक विद्यालय भारतले बनाइदिने भएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तावले नुवाकोटको विदुरमा रहेको उक्त विद्यालयको पुनर्निर्माण गरिदिने बाचा गरेका हुन् ।
नवीन श्रीवास्तवले बाढीले क्षति गरेको विद्यालयको भवन पुनः बनाइदिने बाचा गरेको विद्यालयका प्रधानाध्यापकसँग राजेन्द्र दवाडीले जानकारी दिएका छन् ।
उक्त स्कुल १९५० को दशकमा त्रिशूली जलविद्युत आयोजना बनाउँदा भारतीय सहयोगमा निर्माण गरिएको थियो । विद्यालयको नयाँ भवन पनि सन् २०२२ मा भारतकै एचआईडीपी कार्यक्रमको सहयोगमा निर्माण गरिएको थियो ।
तर, भदौ १० गते भोटेकोशीमा अकस्मात् आएको बाढीले विद्यालय पूर्ण रुपमा बगाएको थियो । विद्यालय पूर्ण रुपमा बगाए पनि प्रअले विद्यार्थीलाई समयमै सुरक्षित स्थानमा भगाउँदा ठूलो मानवीय क्षति भने भएन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्