
- अर्थसरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा कोरोना भाइरस (कोबिड १९) संक्रमित थपिदै गएका बेला धनगढी उपमहानगरपालिका आफ्नै छुट्टै आइसोलेशन कक्ष निर्माण कार्यमा जुटेको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा धनगढीमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालले संक्रमितको चापलाई थेग्न नसकेपछी धनगढी उपमहानगरपालिकाले छुट्टै आइसोलेशन कक्ष निर्माण कार्य थालेको हो ।
धनगढी उप–महानगरपालिका वडा नं १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रको भवनमा आईसोलेशन कक्ष तयार भैरहेको वडा नम्बर ८ का अध्यक्ष तथा आइसोलेसन कक्ष निर्माण कार्यका संयोजक नारायण बरालले जानकारी दिनुभयो । धनगढी उपमहानगरपालिकाको पहलमा २८ बेडको आइसोलेशन निर्माण कार्यको आधा काम सकिएको छ । सकेसम्म आइतबार बेलुकीसम्म कार्य सम्पन्न हुन्छ । सम्पुर्ण काम फत्ते हुँदासम्म झण्डै २० लाखको लगानि आउन सक्ने अनुमान गरेका छौँ, उहाँले भन्नुयो ।
निर्माण हुँदै गरेको उक्त आईसोलेशन भवनमा धनगढी उप–महानगरपालिका भित्रका कोरोना संक्रमितहरुको मात्रै उपचार गरिनेछ । उप–महानगरपालिकाले तयार गर्न लागेको आईसोलेशनमा सैयाहरु मिलाउने, बिजुलीबत्ति र उपकरणहरु जडान गर्ने काम भैरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्