Skip to content
LAXMI SUNRISE BANK

भारतका १५ बैंकमा १ खर्बभन्दा बढीको ठगी, कुन – कुन बैंकमा भयो ‘गोलमाल’ ?

अर्थ सरोकार

काठमाडौँ । भारतको सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन (सीबीआई)ले ७० अर्ब भारु अर्थात् नेपाली १ खर्ब १२ अर्ब रुपैयाँ बराबरको बैंक ठगीको प्रकरणमा ३५ वटा मुद्दा दर्ता गरेको छ । सीबीआईले आरोपीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
सीबीआईले भारतको आन्द्रप्रदेश, चण्डिगढ, दिल्ली, गुजरात, हरियाना, कर्नाटक, केरला, मध्यप्रदेश, महाराष्ट्र, पञ्जाव, तमिलनाडू, तेलंगना, उत्तरप्रदेश, उत्तराखण्ड, दादार र नागर हवेलीमा कारबाही गर्यो ।
ठगी हुने बैंकहरुमा एसबीआई, पीएनपी, आन्द्रा बैंक, ओरियन्टल बैंक अफ कमर्स, इन्डियन ओभरसिज बैंक, इलाहाबाद, केनरा बैंक, देना बैंक, पञ्जाव एन्ड सिन्ध बैंक, सेन्ट्रल बैंक अफ इन्डिया, युनियन बैंक अफ इन्डिया, आईडीबीआई बैंक, बैंक अफ बडोदरा, बैंक अफ महाराष्ट्र, बैंक अफ इन्डिया रहेका छन् ।
सीबीआईले आरोपीहरुको नाम भने सार्वजनिक गरेको छैन । दिल्ली, गुरुग्राम, चन्डिगढ, देहरादुन, नोयडा, बारामती, मुम्बई, ठाणे, सिल्वासा, कल्याण, अमृतसर, फरिदाबाद, बैंग्लरु, तिरुपुर, चेन्नाई, मदुरई, क्विलान, कोचिन, भावनगर, सुरत, अहमदाबाद, कानपुर, गाजियाबाद, भोपाल, वाराणसी, चन्दौली, भटिन्डा गुरुदासपुर र दिल्ली लगायतका ठाउँमा सीबीआईले खोजतलास गरिरहेको छ । (एजेन्सी)
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK