×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथाः यात्रुको पर्खाइमा पोखराका डुङ्गा चालक, कोरोनाको खोप लगाउनेको संख्या ह्वात्तै बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देश बोल्ने फोटो कथाः यात्रुको पर्खाइमा पोखराका डुङ्गा चालक, कोरोनाको खोप लगाउनेको संख्या ह्वात्तै बढ्यो

Artha Sarokar

५ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो रु यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले पोखरा महानगरपालिका-३१, लेखनाथको बेगनास ताल छेउमा यात्रुको पर्खाइमा डुङ्गामै विश्राम गरिरहेका महिलादेखि मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाउने सर्वसाधारणसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचारः
पोखरा महानगरपालिका-३१ लेखनाथको बेगनास ताल छेउमा यात्रुको पर्खाइमा डुङ्गामै विश्राम गर्दै डुङ्गा चालक ।
मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाउन लामबद्ध सर्वसाधारण । अस्पतालमा ४० देखि ६० वर्ष उमेर समूहलाई वैशाख ३ देखि ५ गतेसम्म खोप लगाइन्छ ।
घर नजिकै खानेपानीको धारा नभएपछि कुवामा पानी भर्दै खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाका वृद्धवृद्धा । सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका अधिकांश बासिन्दा कुँवा, खोला तथा दूधकोशी नदीबाट बोकेर ल्याएको पानी पिउन बाध्य छन् ।
चिसो क्षेत्रमा लहराजन्य काँक्रो र फर्सीका बोटबिरुवा उत्पादन गर्न प्लाष्टिक थैलाको प्रयोग । उत्तरी भेकमा फागुनसम्म नै माटो नतात्ने र जमीनमा रोपिएको बीउमा उम्रिने शक्तिमा ह्रास आएपछि किसानले प्लाष्टिकमा बिरुवा उत्पादन गरी जमीनमा सार्ने अभ्यास शुरू गर्न थालेका छन् । प्लाष्टिकमा रोपिएका बीउ ९० प्रतिशत उम्रिन सफल भएको किसान बताउँछन् ।
दाङका किसानले हिउँदेबाली भित्र्याएपछि खेतमा आहाराको खोजीमा आएका बकुलाको बथान । बकुला खेतमा कीराफट्ङग्रा खोजेर खान आएका हुन् ।
तनहुँको व्यास नगरपालिका-११ स्थित तनहुँसुरमा पदयात्राका लागि पुगेको टोली । व्यास –११ मूलपानीदेखि शुरु हुने पदमार्ग सोही वडाको तनहुँसुरसम्म पुगेर टुङ्गिनेछ ।
तनहुँको व्यास नगरपालिका-११ स्थित तनहुँसुरमा पदयात्राका लागि पुगेको टोलीलाई स्वागत गर्न बसेका स्थानीयवासी । व्यास-११ मूलपानीदेखि शुरु हुने पदमार्ग सोही वडाको तनहुँसुरसम्म पुगेर टुङ्गिनेछ ।
दाङको दंगीशरण गाउँपालिका वडा नं ७ का नागरिकलाई खरका छाना हटाउने अभियानअन्तर्गत जस्तापाता वितरण गर्दै गाउँपालिका ।
बैतडीको मेलौली भगवती मन्दिरमा चैते दशैँका अवसरमा लागेको मेलामा सहभागीहरु । कोरोनाको दोस्रो लहरको खतरालाई ध्यानमा राखी सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरे पनि यहाँ जनस्वास्थ्यका मापदण्डबिनै मेला लागेको हो ।
बैतडीको मेलौली भगवती मन्दिरमा बलिका लागि राखिएका राँगा । यहाँ चैते दशैँका अवसरमा मेला लागेको छ । कोरोनाको दोस्रो लहरको खतरालाई ध्यानमा राखी सरकारले २५ जनाभन्दा बढी भेला नहु्न आग्रह गरेको भए पनि यहाँ जनस्वास्थ्यका मापदण्डबिनै मेला लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी