×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इश्‍वर पोखरेललाई अध्यक्ष बनाउने ओलीको अन्तिम तयारी, प्रचण्ड तनावमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इश्‍वर पोखरेललाई अध्यक्ष बनाउने ओलीको अन्तिम तयारी, प्रचण्ड तनावमा

१८ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रको हुने भनिएको एकता तत्काललाई टरेको छ । एकता सम्बन्धी बहसले नयाँ चरणमा प्रवेश गरेको छ ।
दुबै पार्टीका अध्यक्षले विभिन्‍न चरणमा एकता विषयमा छलफल गरेपनि कुनै निष्कर्षमा पुग्‍न सकेका थिएनन् । दुई पटक ओली निवास बालकोट र एक पटक प्रचण्ड निवास खुमलटारमा दुबै अध्यक्षबीच वान टू वान वार्ता भएको थियो । पार्टी नेतृत्वमा पुगेर एकता रोकिएको छ । वालकोटमा भएका वार्ता सकारात्क भएपनि खुमलटारमा भएको वार्तापछि एकतामा ब्रेक लागेको हो ।
अब एकता ओली र प्रचण्डले चाहेर मात्रै हुने अवस्थामा छैन । दोस्रो पुस्ताका नेताहरुको सांगठानिक व्यवस्थापन नभएसम्म एकता हुँदैन भन्‍ने तर्क बलियो भएर अाएको छ । प्रचण्डलाई पार्टी अध्यक्ष नपाएसम्म एकता नगर्ने दवाव छ भने त्यसैगरी ओलीलाई पनि अध्यक्ष र प्रधानमन्त्री नछोड्न दवाव छ ।
माओवादी केन्द्रसँग एकता भन्दापनि अान्तरिक टीमको व्यवस्थापन ओलीको पहिलो एजेण्डा भएको बताइएको छ । ओलीले वर्तमान महासचिव ईश्वर पोखरेललाई पार्टी अध्यक्ष बनाउने तयारी गरेका छन् । उक्त कुराको खुलासा पोखरेल अाफैले गरेका हुन् । अाफू निकट केही नेताहरुसँगको भेटमा पोखरेलले तत्काल पार्टी एकता नहुने खुलाशा बताएका छन‍् । उनले अध्यक्ष ओलीको बताएको भन्दै तत्काल माकेसँग पार्टी एकता नहुने तर चुनावको म्याण्डेटअनुसार सरकार निर्माण गर्ने बताएका छन् ।
‘वाम गठबन्धनको सरकार बन्छ, तर तत्काल पार्टी एकता हुँदैन, अध्यक्ष बन्ने रणनीतिसहित तपाईहरु महाधिवेशनको तयारीमा लाग्‍नुहोस्’ पोखरेलले गोप्य भेलामा भने । उनले अाफूलाई संकेत गर्दै एमालेको दोस्रो पुस्तालाई नेतृत्व मान्‍न माके तयार भएमात्रै एकता हुने बताए । एमाले-माकेको एकता कुनै राजनीतिक कार्यदिशा र विचारका कारणले नभएर भाई कमरेडको व्यवस्थापन र महत्वकांक्षको टकरावले एकता सजिलो नभएको वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटर बताउँछन् ।
पीटरल लेख्छन्- एमाले–माके एकताको पवित्र चाहाना राखिएपनि म भने एकता र ए कता ! बीचमा युद्धमा जय र पराजयबीचको पातलो धर्सो झैँ देखिरहेको छु । यसलाई बाम एकता वा कम्युनिष्ट एकताको नजरबाट नियाल्दा जति सहज परिणामको अपेक्षा गर्न सकिन्छ त्यस्तै सितयुद्धको विश्व ह्यांगओभर, देशको भूराजनीतिक संवेदनशीलता एवं राजनीतिक सामान्ती अहंकारले निम्त्याउँने घमण्डको फ्रेमबाट नियाल्ने हो भने त्यसलाई चिर्ने इच्छा शक्तियुक्त नेतृत्वको अभाव देखिन्छ । परिवर्तनको उपलब्धीको अंशियार हुँने तर त्यसले चाहेको राजनीतिक संस्कृतिको पालन गर्नु नपर्ने । त्यसैले चरमा एकता विरोधीहरुको रंगशाला नेपाली राजनीति बन्दो छ । रुपमा हेर्दा आर्दश, सिद्धान्त, इतिहासको रक्षा र सपनाको मार्गचित्र बहसका विषय नभएर घमन्डको सितलता र गुट एवं नेताहरुको ब्यबस्थापन मात्र समस्या देखिँदो छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी