×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रामशरण महतमाथि मञ्चमै अाक्रमणको प्रयास, ककनीमा भयो यस्तो बबाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रामशरण महतमाथि मञ्चमै अाक्रमणको प्रयास, ककनीमा भयो यस्तो बबाल

Artha Sarokar

१८ कार्तिक २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तस्विर : समीर बलामी 
  • आजको सामाजिक सञ्जाल 
‘ककनी गाउँपालिका वडा नम्बर १ मा कांग्रेस नेता राम शरण महतमाथि आक्रमणको प्रयास भएको छ । डा रामशरण महतले बोल्दा बोल्दै आक्रोशित केहि कार्यकर्ताले यस्तो हर्कत गरेका हुन् । मञ्चमै अाक्रमणको प्रयास भएपछि सुरक्षाकर्मीले आक्रमण गर्न खोज्नेहरुलाई बाहिरर निकालेका थिए ।’ भनी सामाजिक संजालमा बहस चलेको छ ।

यहि विषयलाई लिएर पत्रकार समिर बलामीले लिनुभएको यो भिडियो पनि यतिबेला चर्चाको विषय बनेको छ । भिडियो सार्वजनिक भएसँगै विभिन्न पत्रकार र अन्य सर्वसाधारणले पनि यस विषयलाई सामाजिक संजालमा प्राथमिकता दिएका छन् । आजको न्यूज डटकमका पत्रकार माधव प्रसाद तिवारीले आफ्नो फेसबुक स्ट्याटसमा उक्त घटनालाई प्राथमिकता दिएका छन् । 
यस्तै हाल रेडियो अन्नपूर्ण नेपालमा कार्यरत पत्रकार श्याम सुन्दर पुडाशैनीले पनि उक्त घटना भएको भन्दै आफ्नो फेसबुकमा स्ट्याटस हालेका छन् । 
यता नुवाकोटका कांग्रेसी कार्यकर्ताले भने त्यस्तो घटना नभएको दावी गरेका छन् । तस्विर खिच्ने समीर बलामी एमाले भएकाले नियोजित रुपमा अफवा फैलाईएको उनीहरुको आरोप छ । नेपाली कांग्रेसका नेता राम शरण महत एक सामाजिक कामका लागि गएको र त्यस्तो आक्रमणको प्रयास नभएको उनीहरुको दावी छ ।  यस्तै यसबारे समाचार लेखेको भन्दै केहि कांग्रेसी कार्यकर्ताहरुले फेसबुकमै अर्थ सरोकार डटकमको विरोध समेत गरेका छन् । 
यता घटनाबारे नेपाली कांग्रेसको आधिकारिक धारणा भने आएको छैन । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी