- अर्थ सरोकार सम्बाददाता
‘तँ मु*हरुलाई गोली ठोकेर मार्छु भन्दै शिवम् सिमेन्टका कर्मचारीहरुले स्थानीयहरुलाई दुर्व्यवहार गरे । अझ महिलाहरुमाथिसमेत अश्लील गाली गर्ने काम भयो । अति नै भएपछी प्रहरीमा उजुरी गर्यौं ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने । स्थानीयको उजुरीपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘रक्सीको नसामा गाउलेलाई जथाभावी बोल्ने सुवेदीलाई उद्योगबाट हटाउनु पर्छ । उनलाई कारवाही नभएसम्म हामी छोड्दैनौं । यसै पनि शिवम् सिमेन्टका कर्मचारीहरुको रबैया बढी नै छ । यहाँ उद्योगले गलत काम गर्दा पनि पैसा र पावरका भरमा छुट हुने गरेको छ । स्थानीय पत्रिकाले सिमेन्टको गलत कुराको पर्दाफास गर्दा काठमाडौँबाटै मार्केटिङ मान्छे आएर केहि पत्रकार किन्ने काम समेत भएको छ । हामी सबै मिलेर शिवम् को रबैया विरुद्ध लाग्नुपर्छ ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने ।
यता प्रहरीले भने मापसे गरी गाउलेलाई धम्काउने सुबेदीलाई कारवाही गर्न सकेको छैन । स्थानीय केहि प्रहरीलाई नै सिमेन्ट उद्योगले बेला बेलामा पैसा दिने गरेकाले यस्तो आनाकानी गरेको स्थानीयहरुको आरोप छ । यता प्रहरीले भने स्थानीयले लिखित रुपमा उजुरी नदिए सम्म र मेडिकलले मापसेको रिपोर्ट नदिए सम्म कारवाही गर्न नमिल्ने बताएको छ ।