
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मारुती सिमेन्टले राजश्व ठगी गरेको भन्दै आन्तरिक राजश्व विभागले छापा मारेको तर सेटीङकै भरमा उद्योगलाई उनुमुक्ति दिईएको, बिजुली चोरी प्रकरणमा पनि उन्मुक्ति दिईएको, देशलाई अन्धकार पार्ने काम गरेर थाइल्याण्ड घुम्न लैजाने स्किम ल्याएको, आफ्नै खानीमा मान्छेको ज्यान जाँदा पनि वास्ता नगरेकोबारे पटक पटक मारुती सिमेन्टका प्रतिनिधिको भनाइ समेट्ने प्रयास असफल भएपछि हामी केहि दिनअघि मारुती सिमेन्टको काठमाडौँस्थित कार्यालयमा पुगेका थियौं । त्यहाँपनि मारुती सिमेन्टका कर्मचारीहरुले समाचार लेखेर केहि नहुने र जताततै उद्योगको सेटीङ भएको दावी गरेका छन् ।
कर्मचारी नै भन्छन्, ‘हाम्रा मालिक राजश्वमारा हुन्, समाचार लेखेर केहि हुन्न’
अर्थ सरोकारकर्मीले सोधेको एक प्रसङ्गमा सिमेन्ट उद्योगका कर्मचारीहरुले आफ्ना मालिकहरु राजश्वमा भएको बताएका छन् । ‘तपाईंले लेखेका समाचारहरु सरोज कोइरालालाई मेल गर्दिनुहोस् न ।’ लामो समय मारुती सिमेन्टमा काम गरेको बताउने एक कर्मचारीले भने. ‘तर तपाईंहरुले समाचार लेखेर केहि हुन्न । यिनीहरुको सबैतिर सेटीङ हुन्छ । कसैले केहि गरेर केहि हुँदैन । तपाईंहरु त भर्खर आएका मिडिया पर्नुभो ! ठुलाबडा मिडियाहरु यिनकै पक्षमा हुन्छन् । यिनीहरु ठगेरै मोटाउने हुन् । तपाईंले जति लेखेपनि हुने वाला केहि छैन ।’ आफु लामो समयदेखि मारुतीमा नै काम गरेको बताउने ती कर्मचारीले भने, ‘यिनीहरुको झोला बितेरै जिन्दगी जाने भो । यी ठगहरु तह लागेको दिन मीठो निन्द्रा लाग्ने थियो ।’
तपाईंहरु लेखिरहनुहोस्, ठग्नेहरु ठगीरहन्छन्
मारुती सिमेन्टका ब्राण्ड मेनेजर राजु श्रेष्ठ, र अर्थ सरोकार डटकमसँग लामै साक्षातकार गर्ने ती कर्मचारीबाट पनि चित्त बुझ्दो जवाफ नआएपछि हामीले मारुती सिमेन्टको प्रदान कार्यालयमा फोन गरेका थियौं । तर त्यहाँका कर्मचारीले आफुहरुलाई केहि पनि थाहा नहुने र काठमाडौँमा राजु श्रेष्ठलाई फोन गर्नुहोला भन्दै उनको नम्बर पनि दिए । तर हामीले राजु श्रेष्ठको फोन नउठ्ने र यसबारे उद्योगको भनाइ के छ भन्ने विषयमा बुझ्न कसैको नम्बर दिनुहोस् न भनी माग्दा हामीसँग टेलिफोनमा कुरा गर्ने ती कर्मचारीले भने, ‘फोन नम्बर अरुको दिन मिल्दैन । त्रिपुरेश्वरमा कार्यालय छ, त्यहीं गएर राजु श्रेष्ठलाई भेत्नुहोस् । तर तपाईंहरुले समाचार लेखेर केहि हुनेवाला छैन । तपाईंहरुको समाचारले केहि ख्यांसदैन । ठुलाबडाको सबैतिर सेटीङ हुन्छ । तपाईंहरु लेखिरहनुहोस्, ठग्नेहरु ठगीरहन्छन् ।
मारुती सिमेन्ट उद्योगका कर्तुतहरुबारे यी कुनै समाचार छुटे कि ?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्