संस्थागत हिसाबले अर्थ सरोकार डटकम शुभम् मिडिया प्रालिद्वारा सञ्चालित आर्थिक समाचार पोर्टल हो । शुभम् मिडिया प्रालि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको सञ्चार क्षेत्रसँग सम्बन्धित काम गर्ने कम्पनी हो । अर्थ सरोकार डटकम, डिजिटल पत्रिका २०७३ साल साउन १ बाट सञ्चालनमा आएको हो । सुरज प्याकुरेल यस डिजिटल पत्रिकाका सम्पादक हुन् । विगत ९ बर्षदेखि पत्रकारितामा सक्रिय सुरज प्याकुरेल आर्थिक खोजी पत्रकारितामा रुची राख्ने आर्थिक पत्रकार हुन् ।
२. अर्थ सरोकार डटकमको उदेश्य के हो ?
पत्रकारितामार्फत जन-जनलाई जागरुक बनाएर नेपाली अर्थतन्त्रको समृद्धिमा केहि इँटाहरु थप्ने हाम्रो मुख्य उदेश्य हो । देशमा पटक-पटक परिवर्तनका नाममा जे जति आन्दोलन र उपलब्धि भएपनि नेपाली जनताको आर्थिक स्तर माथि उठेको छैन । आर्थिक रुपमा देशमा थुप्रै समस्याहरु छन् । विकासको गति सुस्त छ । ‘लुटतन्त्र’ले जरा गाडेको छ समाजमा । देशमा चरम भ्रष्टाचार छ । नेपाली अर्थतन्त्रभित्र नदेखाइएका सत्य र लुकाइएका यथार्थ थुप्रै छन् । तीनै लुकाइएका सत्य र नदेखाइएका यथार्थभित्रको सुचना र जानकारी जनतालाई पस्कने हाम्रो मुख्य उदेश्य हो । ‘परिवर्तन’का लागि निडर, निर्भिक र निष्पक्ष पत्रकारिताको अभ्यास गर्ने हाम्रो मुख्य उदेश्य हो । अनलाइन, रेडियो, टेलिभिजन, र पत्रिकामार्फत जनतामाझ खबर पस्कने हाम्रो मुख्य उद्देश्य हो ।
यस QR कोडलाई SCAN गरेर अर्थ सरोकार हेर्न सकिनेछ । |
३. ‘अर्थ सरोकार रेडियो कार्यक्रम’ के हो ?
हो ! आज देशले सञ्चारमा ठुलै क्रान्ति गरेको छ । तर सबैखाले सञ्चारमाध्यमहरुले सबैखाले जनतालाई समेट्न सकेका छैनन् । अनलाइनका आफ्नै पाठक छन् । रेडियोका स्रोता र टेलिभिजनका खास दर्शक पनि छुट्टै छन् । अझ काठमाडौँको खाल्डोलाई छोडेर मोफसल नियाल्ने हो भने रेडियो सबैभन्दा चलेको सञ्चारमाध्यम हो । आज पनि मोफसलमा रेडियोहरु उत्कृष्ट सञ्चार माध्यमका रुपमा स्थापित छन् । रेडियो सुन्ने स्रोताको बर्ग विशेषगरी मोफसलमा ठुलो छ । र हामी ‘अर्थ सरोकार’ पनि देशका ७ वटै प्रदेशका ७७ वटै जिल्लामा १७० बढी रेडियोहरुमार्फत गुञ्जिरहेका छौँ । छोटोमा भन्दा हामी देशकै सर्वाधिक सुनिने आर्थिक रेडियो कार्यक्रम हौँ । प्रशारण पहुँचका आधारमा सातवटै प्रदेशमा, ७७ वटै जिल्लामा १७० बढी रेडियोहरुबाट प्रशारण हुने ‘अर्थ सरोकार’ एकमात्र आर्थिक रेडियो कार्यक्रम हो ।भूगोलअनुसार हामीले चलेका रेडियोहरु छानेका छौँ ।अर्थ सरोकार रेडियो कार्यक्रमले राजधानीबासीदेखि दुर्गम भेगका नागरिकहरुसम्म आफ्ना सामाग्रीहरु प्रस्तुत गरिरहेको छ । प्रशारण आरम्भको छोटो समयमा नै हामीले देशको सम्पूर्ण भूगोलमा प्रशारण पहुँच राख्न सफल भएका छौँ । अर्थ सरोकार रेडियो कार्यक्रमको तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।
४. ‘अर्थ सरोकार टेलिभिजन कार्यक्रम’ के हो ?
पछिल्लो समय टेलिभिजन अर्को लोकप्रिय सञ्चार माध्यम हो । टेलिभिजनका दर्शकको संख्या निकै ठुलो छ । विशेषगरी खोजी सामाग्रीहरु हेर्नका लागि नेपाली दर्शकको विशेष रुची छ भन्ने हामीले बुझेका छौँ । नेपालमा आर्थिक बिटमा रहेरमात्र सामाग्रीहरु प्रस्तुत गर्ने टेलिभिजन नै दुइवटा छन् । यसमध्ये बिजनेश टेलिभिजनमा अर्थ सरोकार टेलिभिजन कार्यक्रम प्रारम्भिक रुपमा प्रशारण हुन्छ । प्रत्येक आइतबार राती ८:३० बजे, सोमबार विहान ७:३० बजे, प्रत्येक बुधबार ८:३० बजे र बिहीबार विहान ७:३० बजे बिजनेश टेलिभिजनमा अर्थ सरोकार टेलिभिजन कार्यक्रम प्रशारण हुन्छ । सोहि समय बागमती प्रदेशको राजधानी हेटौँडाबाट प्रशारित टेलिभिजन बागमती टेलिभिजनमा पनि अर्थ सरोकार प्रशारण हुन्छ ।
त्यसपछि हाम्रो कार्यक्रम देशका अन्य स्थानीय टेलिभिजनहरुमा पनि प्रशारण हुन्छ । चितवनको आभास टेलिभिजन, नुवाकोटको टिभी त्रिशुली, धनगढीको बाबा टेलिभिजन लगायतका स्थानीय टेलिभिजनहरुमा ‘अर्थ सरोकार टेलिभिजन कार्यक्रम’ प्रशारण हुन्छ । अर्थ सरोकार टेलिभिजन कार्यक्रममा हामी खोजी रिपोर्ट प्रस्तुत गर्छौँ । यस कार्यक्रममा हामी आर्थिक मुद्धाहरुको दर्शकका अगाडी अपरेशन गर्छौँ । हामी गर्वका साथ भन्छौँ, नेपालमा सबैभन्दा बढी हेरिने आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थ सरोकार’ नै हो । टेलिभिजनमा प्रशारण भइसकेपछछि हाम्रो कार्यक्रम ‘अर्थ सरोकार’ युट्युब च्यानलमा पनि प्रशारण हुन्छ । नेपालको सबैभन्दा बढी ‘सब्स्क्राइबर’ भएको नेपाली आर्थिक युट्युब च्यानल पनि ‘अर्थ सरोकार’ नै हो । अर्थ सरोकार टेलिभिजन कार्यक्रम सानो तर अनुभवी समूहले तयार गरेको कार्यक्रम हो ।
५. अर्थ सरोकार खोज पत्रिका के हो ?
देशमा थुप्रै पत्रका वा म्यागजिनहरु निस्किन्छन् । तर दुःखको कुरा, थोरै म्यागजिनहरु वा पत्रिकाहरुमात्र पूरै पढिन्छन् । कतिपय यस्ता पत्रिकाहरु बर्गीकरणको पैसा आउँछ भनेर मात्र निस्किन्छन्, कतिपय पत्रिकाहरु विज्ञापन छाप्नकै लागिमात्र छापिन्छन् । बजारमा यस्ता थोरै पत्रिकाहरुमात्र छन्, जसलाई किनेर तपाईंले फुर्सदमा पढ्नुहुन्छ । त्यहाँबाट केहि सिक्नुहुन्छ । र सिकाइको श्रेय उक्त पत्रिकालाई दिनुहुन्छ । हामी यस्तै सिकाइको माध्यम बन्न चाहान्छौँ । हरेक ३ महिनामा एक पटक आउने, तर आएपछि अर्को तीन महिनाको पर्खाइ हुनेगरी आउने हाम्रो योजना हो । बरु ढिलो आउने, आएपछि कडागरी आउने सोचका साथ हामीले अर्थ सरोकार खोज पत्रिका बजारमा ल्याईरहेकाछौं । हरेक अंकमा एउटामात्र विषय समेट्ने तर उक्त विषयको सतहसम्मै पुगेर उक्त खोजी सामाग्री जनतामाझ पस्कने उद्देश्य बोकेर हामी बजारमा उपस्थित छौं । र गर्वका साथ भन्छौँ नेपालमा रहेका आर्थिक त्रैमासिक पत्रिकाहरुमध्ये हामी नम्बर १ पत्रिका भइसकेका छौँ । अर्थ सरोकार खोज पत्रिकाको ग्राहक बन्न वा अर्थ सरोकार खोज पत्रिकाबारे थप जानकारी लिन अर्थ सरोकार खोज पत्रिकाको पेजमा जानुहोस्।
‘काठमाडौँको खाल्डोलाई मात्र आर्थिक नगरी देख्ने परम्परागत समाचार दृष्टिकोण फेर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले अर्थ सरोकारको ब्युरो कार्यालय सुदूरपश्चिम प्रदेशको धनगढीमा खोलेका छौं । सुदूरपश्चिममा रहेर लामो समय पत्रकारिता गर्नुभएका हरि जोशी अर्थ सरोकार सुदूरपश्चिम प्रदेश ब्युरो कार्यालयका प्रमुख हुनुहुन्छ । पत्रकार सुदर्शन श्रेष्ठ सुदूरपश्चिम प्रदेश ब्युरो कार्यालयबाट काम गर्ने गरी ब्युरो समाचार संयोजक हुनुहुन्छ । सुदूरपश्चिम प्रदेशमा घट्ने हरेक आर्थिक घटना र त्यसको भित्री विवेचना गर्ने केन्द्रीय मिडियामध्ये अर्थ सरोकारलाई पाठक, दर्शक र स्रोताहरुले अब्बल मिडियाको रुपमा लिनुभएको छ । अर्थ सरोकार सुदूरपश्चिम प्रदेश र रेडियो धनगढीको संयुक्त प्रस्तुतीमा रेडियो धनगढीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न रेडियोहरुमा बज्ने ‘सुदूर बहस’ रेडियो कार्यक्रम सुदूरपश्चिम प्रदेशमा निकै लोकप्रिय छ । त्यसअलावा अर्थ सरोकार सुदूरपश्चिम प्रदेश र बाबा टेलिभिजनको संयुक्त उत्पादनमा बाबा टेलिभिजनमार्फत ‘सुदूरपश्चिम आर्थिक बहस’ टेलिभिजन कार्यक्रम प्रशारण हुन्छ ।
१४. अर्थ सरोकार मोबाइल एपमा उपलब्ध छ ?
छ । प्रविधिको विकाससँगै स्मार्ट फोन बोक्ने ग्राहकको संख्या बढ्दो छ । प्रविधिको यहि आवश्यकतासँगै हामी मोबाइल एपमा पनि उपलब्ध छौं । अर्थ सरोकार डटकमका सम्पूर्ण समाचार अर्थ सरोकार मोबाइल एप्लिकेसन डाउनलोड गरेर समेत पढ्न, सुन्न र हेर्न सकिनेछ । हालका लागि यो सेवा एन्ड्रोइड मोबाइल अन्तर्गत प्ले स्टोरमा उपलब्ध छ । एप्पल ब्राण्डका मोबाइलका लागि हामी एप स्टोरमा छिट्टै आउँदैछौं । साथै हामी अन्य केहि चर्चित एपहरुमा पनि उपलब्ध छौं । नेपालको सर्वाधिक लोकप्रिय मोबाइल एपहरु हाम्रो पात्रो, नेपाली पात्रो, सेयर बजारसँग सम्बन्धित सर्वाधिक मोबाइल एपहरु सेयर हब, नेपाल सेयर, हाम्रो सेयर, करसम्बन्धि सर्वाधिक लोकप्रिय मोबाइल एप ट्याक्सपर्ट र समाचारजन्य मोबाइल एपहरु हालखबर, मेरो कुण्डलीलगायतमा पनि अर्थ सरोकारका समाचारहरु उपलब्ध छन्।अन्य जानकारी, समाचार वा सूचना, सल्लाह, सुझाव वा प्रतिक्रिया भएमा सम्पर्क