
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पर्वत जिल्लाको जलजला गाउँपालिका–३ स्थित ऐतिहासिक मल्लाज दरबारमा रमाउँदै गरेका आन्तरिक पर्यटकदेखि कर्णाली प्रदेश सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार मन्दिर परिसरमा चौतारामा राखिएको पसलसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
काँक्रेविहार मन्दिर परिसरमा व्यापार गर्दै एक महिला
हेरौं फोटो समाचार :
पर्वत जिल्लाको जलजला गाउँपालिका–३ स्थित ऐतिहासिक मल्लाज दरबारमा आन्तरिक पर्यटक । अहिले दरबारमा रिसोर्ट सञ्चालनमा छ ।

कर्णाली प्रदेश सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार मन्दिर परिसरमा चौतारामा राखिएको पसल ।

दाङको तुलसीपुर उपमहानगरपालिका–८ मा कालोपत्रे हुँदै गरेको सडक । पछिल्लो समय तुलसीपुर विकास प्राधिकरणले सडक विस्तारको कामलाई तिव्रता दिँदै आएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित बाला त्रिपुरासुन्दरी मन्दिर । मन्दिर देशका सय पर्यटकिय गन्तव्यको सूचीमा समेत परेको छ ।

केही युवाले पर्यटन प्रवद्र्धनका लागि नारायणी नदीमा डुङ्गाबाट देशको राष्ट्रिय झण्डा फराउँदै ।

फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिका संयोजक पुण्य पौडेल, पोखरा महानगर प्रमुख मानबहादुर जिसीलगायत टोलीले बुधबार फेवाताल क्षेत्रको स्थलगत अवलोकनका क्रममा स्थानीय खपौदीबाट फेवातालको सिमाना देखाउँदै ।

पृथ्वीराजमार्ग सुनवल नगरपालिकास्थित बर्दघाटमा पुल निर्माण गरिँदै ।

तनहुँको बन्दीपुर गाउँपालिका–५ लोहीपाखा सामुदायिक वनमा निर्माण गरिएको पोखरी । जङ्गली जनावरलाई पानीको व्यवस्थापन गर्न वनभित्र पोखरी निर्माण गर्न लागेको हो ।

भेरीगङ्गा नगरपालिका–११ चिप्ले सुर्खेत स्थित राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँधस्थलमा यातायात सञ्चालनका लागि नयाँ सडक निर्माण गरिँदै ।

पोखरा महानगरपालिका–६ जरेवरबाट देखिएको सूर्योदय ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्