
- प्रमोद केसी
कुर्सीमा बसेका भ्रष्ट हरुले राजीनामा नगरेसम्म हाम्रो धर्ना र आन्दोलन रोकिने छैन हजुर । हामी जेल जान त के स्वर्ग जान पनि तयार छौ साथीहरु । हे दलालहरु, होसियार तिम्रा दिनगन्ति भोलिबाट सुरु भयो । भन तिमीले कसको कति पैसा खाएका छौ ?
मेरो प्रश्न कुर्सीमा बसेका अन्धाहरुलाई !
१ के नेपाली जनता आँखा देख्दैनन् ?
२.कति रकम ब्रोकरबाट लिएर बैंकलाई कारोबारबाट बन्द गर्नु भयो त ?
३.किन रोक्नु भयो Online System ? कि यो सिस्टम ले ब्रोकर को रोजी रोटि सकिन्छ भने हो कि ?
४ भनुस हजुर तपाई ब्रोकर रोजीरोटिको ठेक्का लिनलाई नेप्सेमा काम गर्नु भएको ?
५ हेर्नुस तपाईलाई पनि लाखौ जनाले कालोमोसो दल्ने छन् लोकमानलाई जस्तै ?
६ लोकमान को त नेपाली जनता लाई हराउन सकेन् तपाई त को हो र ?
पछिल्लो समयमा लगानीकर्तालाई सबैभन्दा ठुलो खतरा नेप्से र ब्रोकरबाट छ । अब अनेक नाटक अनि मिडियाबाजी हुनेछ, राजनिती हुनेछ , साधारण लगानिकार्ताको छातीमा नाङो ताण्डब नृत्य हुनेछ । यो अवस्थामा हामिले अन्तिम लडाईं नलड्ने हो भने हाम्रो अस्तित्व मेटिनेछ अनि नेप्से १२०० त के ६०० नै आए पनि हामिले लाचार भएर तीन डिजिटको गएगुज्रीएको परिसुचकलाई स्विकार्नै पर्नेछ। अन्त:त बजार बढ्दा अनि घट्दा हार्ने भनेका हामीनै हुनेछौं !
आदरणीय समस्त लगानीकर्ता साथीहरु, आजको दिनमा कुर्सीमा बसेका केहि भ्रष्टहरुको मिलेमतोमा बैंकलाइ लाईसेन्स दिने , ब्रोकर कमिसन घटाउने, अनलाईन कारोबार सुरुवात गर्ने जस्ता कार्यलाई डेड्लक गरी लगानिकर्ताको रगत पसिनाम होली खेल्ने यस्ता रक्त पिपासु बिरुद्द अब सिधा- सिधा भिड्ने अवस्था आएको छ । यस परीस्थितिको सामना गर्न तयारी अवस्थामा रहनु होला । सम्बन्धित सबैलाई खबरदारी गरौँ ।