×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बनेपाको सपिङ: काठमाडौँभन्दा सस्तो पाइन्छ कपडा र जुत्ता ! कारण यस्तो छ :

PRIME CA
GLOBAL IME BANK

बनेपाको सपिङ: काठमाडौँभन्दा सस्तो पाइन्छ कपडा र जुत्ता ! कारण यस्तो छ :

३० श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काभ्रे – बनेपा बजार । काठमाडौँभन्दा केहि किलोमिटरमात्र टाढा । अर्थ सरोकार डटकमले स्थलगत रिपोर्ट तयार पारिरहंदा बनेपा बजारमा काठमाडौँमा भन्दा सस्तो कपडा र जुत्ता पाइने गरेको तथ्य फेला पारेको छ । बनेपा बसपार्क परिसरमा रहेका विभिन्न कपडा पसलमा कपडा र विभिन्न जुत्ता पसलमा जुत्ताको मोल सोधी बार्गेनिङ गर्दा कपडा र जुत्ता काठमाडौँको तुलनामा सस्तो पाइने गरेको तथ्य फेला परेको हो ।
   
भन्ने मोल उस्तै, दिने मोल काठमाडौँकोभन्दा सस्तो 
यद्यपी बनेपा बजारमा किनमेल गर्दा बार्गेनिङ भन्ने गर्न जान्नुपर्छ ।  त्यहाँका कतिपय व्यापारीहरुले पहिला चर्को मूल्य भन्ने गरेका छन् । तर बार्गेनिङ गर्न जान्नेले बनेपामा कपडा र जुत्ता भने निकै सस्तोमा पाउने गरेका छन् । ‘यहाँ काठमाडौँको भन्दा सस्तो सामान पाइन्छ । जुत्ता र कपडा त निकै नै सस्तो पाइन्छ । सामान्यदेखि ब्रान्डेड कपडा र जुत्तासमेत काठमाडौँको तुलनामा सस्तो छ। ‘ एक ग्राहकले अर्थ सरोकार डटकमलाइ बताए ।

यसकारण हुन्छ सस्तो 
चाइनाबाट र त्यसमा पनि खासा बाट अत्याधिक सामान आयात हुने हुनाले र काठमाडौँमा त्यहि सामान बेच्ने सटरको भाडा बनेपाको तुलनामा महँगो हुने हुनाले बनेपामा सामान सस्तो पाइने गरेको व्यापारी हरु बताउँछन् । ‘ किनेर ल्याउने मूल्य एउटै हो।  उता सटरको  भाडा महँगो पर्छ । यता काठमाडौँको तुलनामा सस्तो छ । त्यसैले केहि भएपनि बनेपामा सामान सस्तो पाउनु स्वाभाविक हो । त्यसमाथि काठमाडौँको तुलनामा बनेपामा किनमेल गर्ने ग्राहकहरुको जीवनस्तर धेरै कुरामा कमजोर भएकाले बनेपामा सामान सस्तो  पाइने गरेको हो।’

काठमाडौँदेखि समेत जान्छन ग्राहक 
बनेपामा किनमेल गर्न जाने कतिपय ग्राहकहरु काठमाडौँदेखि जाने गरेको पाइएको छ । काठमाडौँ कोटेश्वर बस्ने रिता कार्की बनेपामा सामान काठमाडौँको तुलनामा सस्तो हुने गरेकाले बनेपामै सामान किन्न आउने गरेको बताउँछिन । ‘पहिला घर काभ्रे नै भएकाले यहाँको बजार भाउ थाहा छ । काठमाडौँको तुलनामा यहाँ सस्तो पाइने गरेको थाहा भएपछी म त यहाँ नै आउने गरेको छु ।’ उनले अर्थ सरोकार डटकमसँग भनिन् ।

अर्थ सरोकार @ काभ्रे…यो पनि पढ्नुहोस् :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: