
काभ्रे – बनेपा बजार । काठमाडौँभन्दा केहि किलोमिटरमात्र टाढा । अर्थ सरोकार डटकमले स्थलगत रिपोर्ट तयार पारिरहंदा बनेपा बजारमा काठमाडौँमा भन्दा सस्तो कपडा र जुत्ता पाइने गरेको तथ्य फेला पारेको छ । बनेपा बसपार्क परिसरमा रहेका विभिन्न कपडा पसलमा कपडा र विभिन्न जुत्ता पसलमा जुत्ताको मोल सोधी बार्गेनिङ गर्दा कपडा र जुत्ता काठमाडौँको तुलनामा सस्तो पाइने गरेको तथ्य फेला परेको हो ।

भन्ने मोल उस्तै, दिने मोल काठमाडौँकोभन्दा सस्तो
यद्यपी बनेपा बजारमा किनमेल गर्दा बार्गेनिङ भन्ने गर्न जान्नुपर्छ । त्यहाँका कतिपय व्यापारीहरुले पहिला चर्को मूल्य भन्ने गरेका छन् । तर बार्गेनिङ गर्न जान्नेले बनेपामा कपडा र जुत्ता भने निकै सस्तोमा पाउने गरेका छन् । ‘यहाँ काठमाडौँको भन्दा सस्तो सामान पाइन्छ । जुत्ता र कपडा त निकै नै सस्तो पाइन्छ । सामान्यदेखि ब्रान्डेड कपडा र जुत्तासमेत काठमाडौँको तुलनामा सस्तो छ। ‘ एक ग्राहकले अर्थ सरोकार डटकमलाइ बताए ।

यसकारण हुन्छ सस्तो
चाइनाबाट र त्यसमा पनि खासा बाट अत्याधिक सामान आयात हुने हुनाले र काठमाडौँमा त्यहि सामान बेच्ने सटरको भाडा बनेपाको तुलनामा महँगो हुने हुनाले बनेपामा सामान सस्तो पाइने गरेको व्यापारी हरु बताउँछन् । ‘ किनेर ल्याउने मूल्य एउटै हो। उता सटरको भाडा महँगो पर्छ । यता काठमाडौँको तुलनामा सस्तो छ । त्यसैले केहि भएपनि बनेपामा सामान सस्तो पाउनु स्वाभाविक हो । त्यसमाथि काठमाडौँको तुलनामा बनेपामा किनमेल गर्ने ग्राहकहरुको जीवनस्तर धेरै कुरामा कमजोर भएकाले बनेपामा सामान सस्तो पाइने गरेको हो।’

काठमाडौँदेखि समेत जान्छन ग्राहक
बनेपामा किनमेल गर्न जाने कतिपय ग्राहकहरु काठमाडौँदेखि जाने गरेको पाइएको छ । काठमाडौँ कोटेश्वर बस्ने रिता कार्की बनेपामा सामान काठमाडौँको तुलनामा सस्तो हुने गरेकाले बनेपामै सामान किन्न आउने गरेको बताउँछिन । ‘पहिला घर काभ्रे नै भएकाले यहाँको बजार भाउ थाहा छ । काठमाडौँको तुलनामा यहाँ सस्तो पाइने गरेको थाहा भएपछी म त यहाँ नै आउने गरेको छु ।’ उनले अर्थ सरोकार डटकमसँग भनिन् ।
अर्थ सरोकार @ काभ्रे…यो पनि पढ्नुहोस् :
- भकुन्डेबेसीमा अचाक्ली बढ्यो जग्गाको भाउ, रोपनीको ३ लाखमा किनेको जग्गा आनाको ३ लाखमा बिक्रि
- सरकारी गाडीबाट ओर्लेर सार्वजनिक स्थलमै धुम्रपान गर्ने यिनी को हुन् ? के यिनलाईचाहिं कानुन लाग्दैन ?
- काभ्रेभन्ज्याङमा प्रहरी चेकपोष्टकै कन्तबिजोग, पालले बेरेको चर्पी, प्रयोग गर्ने अफ्ट्यारो !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्