
- दीक्षा कट्टेल / अर्थ सरोकार डटकम
चार्टड एकाउन्टेन्सी (सिए) अध्ययन गर्ने विद्यार्थीहरुको जीवनमा आधारित चलचित्र ‘सोचको उडान’ तयार भएको छ । चलचित्रको सम्पूर्ण काम सकेर अब यहि साउन २७ गते र साउन ३० गते च्यारिटी शो गरिने भएको छ । सिए अध्ययनरत विद्यार्थीहरुको कथामा बनेको यो पहिलो चलचित्र हो ।
साउन २७ र ३० गते च्यारिटी शो :
चलचित्रको यहि साउन २७ र ३० गते च्यारिटी शो हुँदैछ । साउन २७ गते नारायणहिटीमार्ग स्थित जयनेपाल हाल र साउन ३० गते बागबजार स्थित सिटि म्याक्स सिनेमा हलमा चलचित्रको च्यारिटी शो हुने चलचित्रका निर्माता मध्येका एक हेमन्त सापकोटाले बताए । उक्त चलचित्रको च्यारिटी शो बाट उठेको रकममध्येको केहि अंश सिए अध्ययन गर्न चाहाने गरिव, जेहेन्दार तथा अपाङ्ग विद्यार्थीहरुलाई समेत प्रदान गरिने निर्माता सापकोटाको भनाइ छ ।
को को छन् त चलचित्रमा ?
ओन्डरस मुभिज क्रिएटिभको प्रस्तुतीमा निर्माण भएको उक्त चलचित्रमा हेमन्त सापकोटा, प्रियंका पाण्डे, राजन कंडेल, हनी ताम्राकार, अभिषेक खकुराल, सुशान्त पाठक, आशिष ओली, कृष्ण कार्की, मौनता घिमिरे, समिया कार्की, भुवन पाण्डे, भास्कर ओली, गणेश गुरुङ, सनम पाण्डे, प्रवित पाण्डे लगायतले अभिनय गरेका छन् । शम्भु चालीसेको छायांकन, कुमार महर्जनको द्वन्द, हेमन्त सापकोटा र राजन कंडेलको कथामा तयार भएको उक्त चलचित्रमा प्रभात रेग्मीको गीत ‘सोचको उडान’ समेत समावेश गरिएको छ । उनको गीतको नामबाटै चलचित्रको नाम जुराइएको थियो ।
अधिकांस सिए आउंदैछन् २७ गते चलचित्र हेर्न :
चलचित्र युनिटले अधिकांस सिएलाइ चलचित्र देखाउन प्रयास गरिरहेको छ । हेमन्त सापकोटाले दिएको जानकारी अनुसार चलचित्र हेर्न अधिकांस सिएलाइ निम्तो दिइएको छ भने धेरै सिएले त्यसका लागि टिकट काटिसकेका छन् । ‘राम्रो संख्यामा सिएहरु आउनुहुनेछ । हाम्रो चलचित्रलाइ सबैले मन पराइदिनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं। ‘ सापकोटाले भने ।
दिल्लीमा पनि देखाइने :
सिए पढ्ने अधिकांस विद्यार्थी भारतको नयाँ दिल्लीमा समेत रहेका हुनाले दिल्लीमा पनि यो चलचित्र देखाइने भएको छ । ‘हामी चलचित्रलाई दिल्लीमा लाने तयारीमा छौं । संभवत : भदौको पहिलो साता हाम्रो चलचित्र दिल्लीमा प्रदर्शन हुनेछ ।’ हेमन्त सापकोटाले बताए ।
चलचित्र प्रदर्शनका लागि काठमाडौँका विभिन्न सिए इन्स्टिच्युटहरुले सहयोग गरेका छन् भने उक्त चलचित्रको अफिसियल मिडिया पार्टनरका रुपमा सिए सरोकार डटकम छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्