×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड प्रधानमन्त्री नबन्ने संकेत, मधेशी मोर्चाले भोट नहाल्ने, कमल थापासंग सहयोगको याचना !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रचण्ड प्रधानमन्त्री नबन्ने संकेत, मधेशी मोर्चाले भोट नहाल्ने, कमल थापासंग सहयोगको याचना !

Artha Sarokar

१८ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौ – पुष्प कमल दाहाल अन्तिम समयमा आएर प्रधानमन्त्री नबन्ने संकेत देखिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच मंगलबार कुनै सहमति हुन नसकेपछि यस्तो संकेत देखिएको हो ।
तीन बुँदे मौखिक सहमति गरेर प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारी दिन जाँदा त्यसमा मधेशी मोर्चाका नेताहरुले समर्थन जनाएका थिए । तर पछी कुरा नमिलेको बताइएको छ । 
तीन बुँदे मौखिक अनुसार सरकार निर्माणपछि मधेस आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्ने मुद्दा फिर्ता लिने , घाइते र मृतकका परिवारलाई क्षतिपूर्तिलगायतका कार्य तत्काल गर्ने, मधेशी मोर्चा र संघीय गठनबन्धनले प्रस्तुत गरेको ११ बुँदे र २६ बुँदे मागलाई दृष्टिगत गर्दै अविलम्ब सविधान संशोधन गर्ने र प्रधानमन्त्रीको चुनावमा मतदान गर्ने सहमति भएको थियो ।
तर मोर्चाका नेताहरुसहितको समर्थनमा मनोनयन दर्ता गरेर गएपछि प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा पुनः बैठकमा नफर्केपछि अन्य नेताहरुको बीचमा सहमति हुन हुन नसकेको एक नेताले बताए ।
छलफलका क्रममा प्रचण्डले कमल थापालाई ओली सरकारकै हैसियतका साथ सरकारमा सहभागि हुन आग्रह गरेका थिए भने गच्छदारलाई पनि सहभागिताका लागि आग्रह गरेका थिए ।
जवाफमा थापाले आफूहरुले भोलि पार्टीको बैठक बोलाएको र त्यसले के गर्ने भन्नेमा ठोस निर्णय गर्ने बताएका थिए भने गच्छदार प्रचण्डलाई सघाउन सकारात्मक भएका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी