×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब भीडभन्दा टाढा वीर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अब भीडभन्दा टाढा वीर

१७ श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

भक्तपुर । सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका– १४ र ११ मा रहेको ५६३ रोपनी सार्वजनिक जग्गामा एकहजार शैयाको वीर अस्पताल विस्तारको योजना अघिसारेको छ । जिल्लाको उत्तरी भेगको पूर्वाधार पर्याप्त नभएको यस क्षेत्रमा सरकारको अस्पताल बनाउने निर्णयगरेको हो ।



कसले गरे माग ?
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९माओवादी०, राप्रपा, राप्रपा नेपाल, नेमकिपा, नेकपा मालेलगायतका पार्टीका नेता तथा कार्यकर्ताको मागका आधारमा यसक्षेत्रमा वीर अस्पताल विस्तार गर्ने निर्णय लिइएको हो ।



कस्तो छ त योजना ?

अस्पताल निर्माणका लागि करिब तीन किलोमिटरको चार लेन पेप्सीकोला–मनोहरा करिडोर सडक निर्माण गर्ने योजना रहेको छ । पेप्सीकोलाबाट त्यसक्षेत्रमा जाँदा निकै नजिकपर्ने अनुगमनका क्रममा बताइएको थियो । अस्पताल निर्माणका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको पहलमा मालपोत कार्यालय र नापी कार्यालयबाट जग्गा छुट्याउने काम समेत भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी