
अहिले एक रुपैयाँमा के के पाइन्छ भनेर त यसअघिकै समाचारमा तपाईँले हेरिहाल्नुभयो। (नहेर्नुभएको भए यहाँ क्लिक गरी पढ्नुस्) पुरानो जमानामा भने एक रुपैयाँ हैन एक पैसामै के-के आउँथ्यो। पुरानो जमानाको भाउ हेरेर एकचोटी पुरानो बेलाको कल्पना गरौँ न त।
अहिलेको भारतमा ब्रिटिसले राज गर्दा नेपालमा एक रुपैयाँ छापिँदैन थियो। एक मोहर (आधा रुपैयाँ) मात्रै छापिन्थ्यो। भारतीय पैसा पनि नेपाल बाहिर जान दिइँदैन थियो। जति ल्याए पनि नेपालमा साटिन्थ्यो। त्यसरी साट्दा १६ आना भारतीय पैसा वापत् १३ आना नेपालीमात्रै पाइन्थ्यो।
आजभन्दा २१४ वर्षअघि अर्थात् सन् १८०२ मा काठमाडौँमा एउटा ज्यामीको ज्याला दुई आना थियो। हेटौडाबाट सामान बोकेर ल्याउनेलाई साहू महाजनले तीन मोहर दिन्थे। त्यो भनेको १ रुपैयाँ ५० पैसा।
गौर र पर्साबाट सामान ल्याउनेलाई भने पाँच मोहर दिइन्थ्यो।
हेटौडा अहिले त हामीलाई नजिकै लाग्ला। तर त्यतिबेला हेटौडाबाट काठमाडौँ आउन तीन दिन लाग्थ्यो। गौर र पर्साबाट आउन पाँच दिन लाग्थ्यो।
तामदानमा चढेर गौरसम्म जान २४ मोहर लाग्थ्यो।
कर्मी तथा फलामको काम गर्नेको ज्याला प्रतिदिनको तीन आना, इँट बनाउनेको दैनिक साढे दुई आना थियो। दुई मोहर तौलको सुनको काम गरेमा सुनारले चार आना पाउँथ्यो।
१७९ वर्षअघि एक रुपैयाँमा ६ वटा कुखुरा आउँथ्यो भने तीन वटा हाँस।
लौ कुखुरै ६ वटा आउँथ्यो भने एक रुपैयाँमा अन्डा चाहिँ कति आउँथ्यो होला त कल्पना गर्नुस् त- १०० वटा ! हाँसको अन्डा एक रुपैयाँमा ६० वटा आउँथ्यो।
भेडा एउटाको एक रुपैयाँदेखि तीन रुपैयाँसम्म पर्थ्यो। बोका एकदेखि १२ रुपैयाँसम्म पर्थ्यो भने राँगो ४ देखि ३६ रुपैयाँ पर्थ्यो। ६ देखि १२ रुपैयामा एउटा गाई पाइन्थ्यो। गोरु एउटा ४ देखि १० रुपैयाँमा पाइन्थ्यो।
त्यतिबेला कमारा कमारी किन्न पाइन्थ्यो। लोग्नेमान्छे कमाराको मोल ८० रुपैयाँ थियो भने बच्चा कमाराको ४० रुपैयाँ। स्वास्नीमान्छे कमारीको १०० रुपैया पर्थ्यो भने बच्चीको ५० रुपैयाँ।
यो भाउ हामीले सिल्भाँ लेभीको पुस्तक नेपालः हिन्दु अधिराज्यको इतिहासबाट लिएको हौँ। उनले पनि क्याम्पबेलको नोट्स अन एग्रिकल्चरबाट यी भाउ लिएका हुन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्