
हाम्रो संस्कृति-परम्परा पनि कस्तो, महिलाहरुमा हुने प्राकृतिक शारीरिक प्रक्रिया महिनावारीलाई पनि”नछुने भएको” भनिन्छ । आफ्नी छोरी, आफ्नी श्रीमती, दिदीबहिनी र सबैभन्दा ठूलो आफूलाई जन्म दिने आमा पनि कहिले नछुने हुन सक्छन र ?
तर के गर्ने परम्परा नै यस्तो छ ।
दशैं आयो, एकातिर देवी भगवती दुर्गालाई विभिन्न प्रकारका रंगीचंगी नाना इत्यादि लगाएर, मिठा-मीठा फलफूल, मिठाइ इत्यादि चढ़ाएर स-समान र आदरका साथ पूजा-आर्जना गरिँदै छन् भने कतिले आफ्नै घरभित्रका देवी-भगवती महिलाहरुलाई महिनावारी भएको अवस्थालाई”नछुने” मानेर कतै गोठमा त कतै गुफा-झोपडीमा त कतै छुट्टै एकान्त कोठामा तिरष्कृत गरिँदै छन् ।
महिनावारी भएको अवस्थामा नारीहरु शारीरिक र मानसिक दुवै स्थितिमा कमजोर हुन्छ । यस्तो अवस्थामा नारीहरुलाई झन बढ़ी सहायता, माया, हौसला र देखरेखको आवश्यकता हुन्छ ।
तर हाम्रो समाज कस्तो स्वार्थी र क्रूर ! झन् यही अवस्थामा “नछुने” मानेर महिलाहरुलाई कतै गोठमा त कतै गुफा-झोपडीमा त कतै छुट्टै कोठामा एक्लै कष्ट सहेर बस्न बाध्य पार्छ ।
मैले आजसम्म कुनै पनि ग्रन्थ-वेद-पुराणमा पढ़ेकी-सुनेकी छैन कि कुनै देवी-भगवती वा कुनै साधारण नारीलाई महिनावारीको अवस्थामा तिरष्कृत गरिएको । त्यसो भए फेरि किन धर्मको आड़मा हाम्रो समाजमा महिनावारीलाई “नछुने भएको” भनेर नारीहरुको अपमान, हेला, अत्याचार तिरष्कार गरिन्छ ?
अशिक्षित परिवारहरुले यस्तो व्यहार गर्दा के बुझ्न सकिन्छ भने ज्ञान-शिक्षाको अभावमा सत्यतथ्य नबुझेकाले अन्धविश्वासमा यस्तो भेदभाव गर्दछन । तर कुनै शिक्षित परिवारको घरमा पनि यस्तो अवस्था भेदभाव कायम नै रहेको देख्दा यो मुटु साह्रै पोल्दछ । हाम्रो समाजमा अझ पनि केही पाखण्डी-ढोंगीहरु छन् जो धर्म इत्यादिको आड़मा महिलाहरुलाई सदैव दास बनाएर राख्न चाह्न्छन् ।
जगत आमा भगवती देवी दुर्गा पनि त महिला नै थिइन्, यिनलाई पनि त महिनावारी “नछुने” हुन्थ्यो होला । यी देवी-भगवतीहरुलाई त कहिले पनि “नछुने” मानेर समाजले दुर्व्यहार तिरष्कार गरेन। मैले आजसम्म कुनै पनि ग्रन्थ-वेद-पुराणमा पढ़ेकी-सुनेकी छैन कि कुनै देवी-भगवती वा कुनै साधारण नारीलाई महिनावारीको अवस्थामा तिरष्कृत गरिएको । त्यसो भए फेरि किन धर्मको आड़मा हाम्रो समाजमा महिनावारीलाई “नछुने भएको” भनेर नारीहरुको अपमान, हेला, अत्याचार तिरष्कार गरिन्छ ?
आफ्नी घरभित्रका (आमा, दिदीबहिनी, श्रीमती, छोरी) देवी-भगवतीको सम्मान-आदर गर्न नसक्नेले अरु जुनसुकै देवी भगवतीको जति पूजा-आर्जना गरे पनि पुण्य पाइन्छ भन्ने सोच्नु भ्रम र ढोंग मात्र हो ।
महिनावारी नारीहरुमा मासिक रुपमा श्रृंखलाबद्ध हुने प्राकृतिक शारीरिक प्रक्रिया मात्र हो, यसलाई धर्म वा अन्य केहीसँग जोडेर “नछुने मान्नु” समाजमा नारीहरुसँग दुर्व्यहार गर्नु, हेला अपमान तिराष्कार गर्नु हामी नारीहरुसँग गरिने ठूलो अन्याय अत्याचार हो । हामी सबैले यसको विरोध गर्नुपर्दछ । र यसको सुरआत सबैले आफ्नै घरबाट गर्नुपर्दछ । आफ्नी आमा, श्रीमती, दिदीबहिनी, छोरीलगायत सम्पूर्ण नारीलाई यस्तो दुर्व्यहार भेदभावदेखि बचाउनुपर्दछ ।
आज घटस्थापना अर्थात नवरात्रीको प्रथम दिन सबैको घरमा देवी-भगवती दुर्गालाई भव्य पूजा अर्जनाका साथ स्थापना गरिँदैछ । आफूलाई धर्मको रखवाला सम्झिने केही पाखण्डी-ढोंगीहरुले त मलाई यस्तो शुभ क्षणमा पनि यस्तो लेख लेखेकोमा गाली पनि गर्लान्, मलाई केही आपत्ति छैन । किनभने यो लेख अधिकांश बुझ्ने आदर्शवादी व्यक्तिहरुले आफ्नी आमा, श्रीमती, दिदीबहिनी, छोरीहरुको अनुहारमा देवी-भगवतीलाई अवश्य पनि सम्झिने छन् ।
आशा गर्दछु हाम्रो समाजबाट चाँडो भन्दा चाँडो यस्ता किसिमका अन्धविश्वास र भेदभावको अन्त होस् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्