×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भट्टराईले गरे खुलासा: प्रचण्ड छिट्टै अख्तियारको फन्दामा पर्दैछन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भट्टराईले गरे खुलासा: प्रचण्ड छिट्टै अख्तियारको फन्दामा पर्दैछन्

Artha Sarokar

१८ आश्विन २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पूर्वप्रधानमन्त्री बाबुराम भटट्राईले केही दिनभित्रै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीय नेताहरु अख्तियारको फन्दामा पर्ने बताएका छन।

नवलपरासीको देवचुली नगरपालिका अन्तर्गत चौधरीग्राममा मजदुरहरुले आइतबार बिहान गरेको स्वागत तथा चियापन कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले एकीकृत नेकपा माओवादी भ्रष्ट्रचारीको अखडा भएको बताए ।

एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो । त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाँडे, भट्टराईको भनाई उदृत गर्दै एक सहभागीले भने, एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्रै अख्तियारको फन्दामा पर्दैछन् ।

नयाँ सरकार गठन हुने समयमा पूर्वप्रधानमन्त्री भट्टराईबाट आएको अभिव्यक्तिलाई गम्भिर रुपमा लिइएको छ । गोर्खाबाट रुपन्देहीको धकधाईमा हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान भट्टराई नवलपरासी पुगेका थिए । एक साताअघि माओवादीको औचित्य समाप्त भएको भन्दै पार्टी परित्याग गरेका भट्टराई विभिन्न क्षेत्रका कार्यक्रमलाई सम्वोधन गर्दै हिँडिरहेका छन् । -न्युजपाटी

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी