Skip to content
LAXMI SUNRISE BANK

विप्लव माओवादीद्वारा नेपाली भूमिमा भारतीय गाडी चल्न नदिने घोषणा, भारतीय च्यानलमा समेत रोक

अर्थ सरोकार

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतविरुद्ध संघर्षको घोषणा गरेको छ ।

माओवादीले भारतले नेपालमाथि अनाश्यक हस्तक्षेप गरेको गरेको र नाकाबन्दी गरेर स्वतत्र देशमाथि हेपाहा चरित्र प्रदर्शन गरेको ठहर गर्दै भोलिदेखि नेपाली भूमिमा भारतीय नम्बर प्लेटको गाडी प्रवेशमा रोक लगाउनुको साथै भारतीय चलचित्र र च्यानल प्रशारणमा रोक लगाउने घोषणा गरेको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता खड्कबहादुर विश्वकर्माले भारतको अवरोधपछि वैकल्पिक आफूर्तिका लागि तुरुन्तै पहल गर्न पनि सरकारसँग माग गरे ।
उनले कृतिम अभावको सिर्जना गरि कालोबजारी गर्नेलाई निरुत्साहित गरि आफूर्तिलाई सहज पार्ने कार्यमा लाग्ने समेत बताए ।

यस्तै भारतको नाकाबन्दीरुद्ध संघर्ष गर्ने पनि उनले बताए । नेपाली जनताको अधिकारको बहानामा भारतीय पक्ष आफ्नो स्वार्थमा लागेकाल यसविरुद्ध पार्टीले संघर्ष गर्नुपरेको उनको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK