×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसरी मारिएका रहेछन् एसएसपी लक्ष्मण न्यौपाने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यसरी मारिएका रहेछन् एसएसपी लक्ष्मण न्यौपाने

Artha Sarokar

११ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

टीकापुर, ११ भदौ– टीकापुर नगरपालिका–६ शंकरपुरस्थित टायलले छाएको एकतले घरको आँगनमै थिइन्, सीता बर्मा । भाग्दै एक जना बर्दीधारी उनको दक्षिणतिरको ढोकाबाट भित्र छिरे । उनी बाहिरबाट ढोका तानेर लगाइदिँदै थिइन् । ती प्रहरीले भित्रबाट चुकुल लगाउन भ्याएकै थिएनन् । हात हातमा भाला, लट्ठी, चक्कु बोकेकाको हुल दपेट्दै आइपुग्यो ।
भित्र लुको मान्छेलाई तानेर पिट्दै उनीहरुले बाहिर आँगनमा निकाले । ती प्रहरी उनीहरुसँग जीवनको भिख मागिरहेका थिए । सीताले सहन सकिनन् । क्रुर ढंगले हानिरहको देखेर उनले हात जोडेर बिन्ति गरिन्,‘यसरी नमार्नुस, छाडिदिनुस् ।’

तर उनीहरुले छाडेनन् । लखेटी– लखेटी घरेलु हतियार प्रहार गरेर ती प्रहरीको ज्यान लिए ।  तिनै व्यक्ति थिए नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने ।
‘जीवनको भिख मागिरेका व्यक्तिलाई छाडिदिनुस, नमार्नुस भनेर बिन्ति गर्यौं’ सीताले त्यस दिनको दृश्य सम्झँदै सुनाइन्, ‘मानेनन्, उल्टै हामीलाई धम्की दिए ।
–नागरिक दैनिकबाट

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी