
एसएसपीसहित ८ जनाको ज्यान जानेगरी भएको टीकापुर आन्दोलनमा घाइते भएका आँशुराम चौधरीले जरिवानाको डरले आन्दोलनमा सहभागी भएको बताए ।
प्रहरीले चलाएको गोली लागेर घाइते बनेका मनुवा–१, कैलालीका चौधरी अहिले नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारत छन् । देब्रे खुट्टामा गोली लागेपछि घाइते बनेका चौधरीले भने, “आन्दोलनमा नगए डाँड (थारु भाषामा जरिवाना) तिर्नुपर्ने उर्दी जारी भएपछि आन्दोलनमा गएको थिए ।”
उनका अनुसार आन्दोलनमा नजाने परिवारले एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उर्दी गरिएको थियो । “शुरुमा प्रहरीले ग्याँस हान्यो । आँखा पोल्यो । त्यसपछि गोली चलायो ।”, चौधरी भन्छन्, “मलाई गोली लागेपछि म फर्किहाले ।”
गोली लागेर घाइते हुनासाथ घर फर्किएका चौधरीले घटनाबारे थप जानकारी नपाएको बताए । उनी भन्छन्, “प्रहरीले पक्रने डरले आफूलाई चोट मात्रै लागेको भन्दै घर फर्किए ।” उनी ८ साउन विहानदेखि अस्पतालमा उपचार गराइरहेका छन् ।
मानवअधिकार आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले उनको अवस्थाबारे जानकारी लिइदै गर्दा चौधरीले असुरक्षित महशुस गरिरहेको बताए ।- हिमाल खबर पत्रिका
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्