
काठमाडौं,भदौ ९ । पूर्वराजा ज्ञानेन्द्र साह पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजाको प्रस्ताव गर्न भारत भ्रमणमा गएको स्रोतलाई उद्धृत गर्दै नेपाल समाचार पत्रले खबर लेखेको छ। नयाँ संविधान बनाउने पूर्वसन्ध्यामा तराई लगायत मुलुकका बिभिन्न भागमा हिंशा भड्किरहेको यो अवस्थामा पूर्वराजाको भ्रमणलाई राजावादीहरूले अति महत्वका साथ लिएका छन्। हिन्दु राज्य र आफ्न अस्तित्व जोगाउने पक्षमा पूर्वराजाले भारत भ्रमण गरेको हुनसक्ने आशंका गरिएको छ।
पूर्वयुवराज पारसको समेत सहमतिमा छोरा हृदयेन्द्रलाई स्थान दिन पूर्व राजपरिवारको भारत भ्रमण भएको हुनसक्ने निर्मल निवास स्रोतले जनाएको छ। अति गोप्य भेटघाटमा भएको कुरा सार्वजनिक हुनसक्ने भन्दै सरकारी सुरक्षाकर्मीलाई नलिइ आफूमात्रै भ्रमणमा गएका पूर्वराजा केही दिन अझै थाइल्याण्डमै बस्ने भएका छन्।‘खै कहिले आउनुहुन्छ थाहा छैन, हामीलाई अनिश्चित भनिएको छ,’निर्मल निवासका एक कर्मचारीले भने। थाइल्याण्डबाट पुनः भारत जाने सम्भावना रहेको भन्दै ति कर्मचारीले भने,‘केही निचोड निस्किएपछि मात्रै उहाँ नेपाल आउने सम्भावना छ।’ १२ वर्ष पुगेका नाती हृदयेन्द्रको पक्षमा लबिङ गर्न भारत पुगेका पूर्वराजा ज्ञानेन्द्र र हिमानीले नेपालको पछिल्लो अवस्थाबारे पनि त्यहाँको उच्च स्रोतलाई जानकारी गराएका थिए।
पूर्वराजाले भारतमा उच्च तहको भेटघाट गरेका थिए। नेपालबाट भारत प्रस्तान गर्दा राजनीतिक रूपमा चहलपहल हुने भएकाले उनी थाइल्याण्डबाट सुटुक्क भारत गएका थिए। अति गोप्य राजनीतिक भ्रमणमा उनले बुहारी हिमानीलाई पनि सँगै राखेका थिए। करिब एक साता अघि उनी थाइल्याण्डबाट गएर पुनः थाइल्याण्ड फर्किएका हुन्। आजको नेपाल समाचार पत्रमा खबर छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्