×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टाटाका ६ मोडलका कारहरु नेपाली बजारमा भित्रिंदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

टाटाका ६ मोडलका कारहरु नेपाली बजारमा भित्रिंदै

२२ श्रावण २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कारका पारखी हरुलाई खुशीको खबर छ| नेपाली बजारमा प्रख्यात भारतिय अटो उत्पादक कम्पनी टाटाका ६ मोडलका कारहरु   डेढ वर्षभित्र नेपाली बजारमा भित्रिंदै छन्  । जसमध्ये टाटा बोल्ट यहि शुक्रबार नेपालमा सार्वजनिक गर्ने कार्यक्रम छ ।

 पछिल्लो समय टाटा मोटर्सले प्यासेञ्जर कार उत्पादनमा फोकस गर्न थालेको छ । खासगरी सार्क मुलुकमा प्यासेञ्जर कार बिक्री गरिरहेको टाटाले अन्य एशियन मुलुक तथा युरोप, अफ्रिकासम्म छिर्ने लक्ष्य बनाएको छ । यही कारण टाटाले पुरानो मोडललाई अपग्रेडेड गर्ने भन्दा पनि टोल्टली नयाँ प्रतिस्पर्धी कार उत्पादनमा जोड दिएको छ । यसको उदाहरुका रुपमा टाटा जेष्ट र बोल्टलाई लिन सकिन्छ । टाटा जेष्ट नेपाली बजारमा आएको छोटो अवधिमै ८० थान बिक्री भइसकेको छ । भारती बजारमा पनि यो मोडललाई अत्याधिक रुचाइएको छ ।

हृयाचब्याक सेगमेन्टको टाटा बोल्ट रेभेट्रोन ट्रबो चार्ज पेट्रोल इञ्जिन कार हो । नेपाली बजारमा यो सेगमेन्टका कुनै पनि ब्रान्डमा ट्रबो चार्ज पेट्रोल इञ्जिन नभएको कम्पनीको दाबी छ । यसले गाडीको इफिसेन्सी बढाउन मद्दत गर्छ । कम्पनीले यस वर्ष बोल्ट ५ सय थान बिक्री गर्ने लक्ष्य राखेको छ । बोल्ट नेपाली बजारमा आउँदा २४ लाखको हाराहारीमा पर्ने अनुमान गरएको छ । बोल्टका ६ वटा भेरियन्ट रहेका छन् । यसको आकर्षक पक्ष भनेको मल्टी ड्राइभ मोड हो । ‘इको मोड’, ‘सिटी मोड’ र ‘स्पोर्ट मोड’ गरी बोल्टमा तीनवटा ड्राइभ मोड रहेका छन् । इको मोडमा गाडी चलाउँदा तेलको खपत कम हुनेछ । स्पिोर्ट मोडमा राखेर गाडी चलाउँदा उच्च पावर दिने छ । सिटी मोडमा तेल कम खपत गर्ने र पावर दिने दुबै विशेषता रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: