
काठमाडौँ : कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु र पहाडीका बीचमा मेलमिलाप हुन नदिने तत्व सक्रिय रहेकाले सचेत हुन आग्रह गरेका छन्।
सिन्धुपाल्चोक कांग्रेसले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने,“थारु र पहाडी आपसमा मिलेर बस्दै आएका छन्। तर अहिले फुट ल्याउने तत्व सक्रिय भएका छन्।’ उनले थारु–पहाडी–जनजातिलगायतका समुदाय मिलेर नबसे नेपालको अस्तित्व नै खतरामा पर्ने भएकाले आपसी सद्भाव कायम गरी फरक मत शान्तिपूर्ण रुपमा राखिनुपर्ने बताए। उनले सम्वाद समितिका सभापति बाबुराम भट्टराईले आफूलाई थारु विरोधी नेताको भनेकोमा कडा आपत्ति जनाए। उनले भने, को हो त्यो बाबुराम मलाई थारु विरोधी भन्ने। यस्ता झुटा कुरा गर्ने। देउवा आक्राशित हुँदै भने, यस्ता झुटो बोल्ने बाबुराम कसरी डाक्टर भए, उनले कसरी पिएचडी गरे ?
देउवाले आफू कहिल्यै पनि थारु विरोधी हुन नसक्ने बताउँदै भने, जो व्यक्ति कमैया मुक्ति र थारु अधिकारका लागि सधै लडिरह्यो, उ कसरी थारु विरोधी हुनसक्छ ? उनले थारु समुदायको अधिकार अवसर र सम्मानका लागि आफू सधै लडिरहने बताएका थिए।
चार दलको शीर्ष बैठकमा कैलाली र कञ्चनपुरको एक इन्च जमिन थारुलाई नदिने भनेर देउवाले अडान राखेको भन्दै प्रचार गरिएपछि देउवा आक्रोशित भएका हुन्। बाबुराम भट्टराईले पनि देउवालाई लक्षित गर्दै सामाजिक सञ्जालमा केही सन्देश राखेका थिए। कांग्रेस नेता गोपालमान श्रेष्ठले आपसी मेलमिलाप र सद्भाव कायम गरेर जतिसक्दो छिटो संविधान जारी गरिनुपर्नेमा जोड दिए। कार्यक्रममा सिँचाइमन्त्री नारायणप्रकाश साउदले हिमाल, पहाड र तराईका नेपाली आपसमा मिलेर बसेकामा भेद ल्याउने समूहका पछाडि नलाग्न आह्वान गर्दै संविधान जारी हुने तयारी अन्तिम चरणमा पुगेका बेला संविधान ल्याउनै नदिन जातीय विद्वेष फैल्याउने समूह सक्रिय भएकाले सचेत हुनुपर्ने बताए। श्रोत अन्नपूर्ण पोस्ट :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्