
काठमाडौं । मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादवले अन्तिम राष्ट्रपति पनि आफैं बन्ने महत्वकांक्षा पालेका कारण तराई मधेसमा विखण्डनकारी आन्दोलन सुरु भएको निचोड चारवटै सुरक्षा निकायको छ ।
गृहमन्त्री वामदेव गौतमले हालै आफ्नो पार्टीको उच्चस्तरीय बैठकमा यो कुरा राखेपछि मुुलुकको राजनीतिक वृत्तमा ठूलै खैलाबैला सुरु भएको छ । मुलुकको अखण्डता जोगाउने सर्वोच्च पहरेदार राष्ट्रपति हुन् तर, मुलुकको राजनीतिक वृत्तले मात्रै होइन, सुरक्षानिकायहरुले समेत यतिबेला राष्ट्रपति यादवको संदिग्ध भूमिकाबारे निगरानी राख्नुपर्ने परिस्थिति आउनुलाई भयानक अनिष्टको संकेतका रुपमा लिइएको छ ।
गृहमन्त्री गौतमले आफ्नो पार्टीका उच्चस्तरीय नेताहरुलाई दिएको जानकारी अनुसार राष्ट्रपति निवासमा को को छिरेका छन्, राष्ट्रपतिको निवास छिरेर बाहिर निस्केकाहरुको गतिविधि के कस्तो छ ? उनले को को संग कसरी सम्पर्क गरिरहेका छन् ? भन्नेबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तरचर विभागले आ आफ्नै ढंगले सूचना संकलन गरेका छन् ।
जसरी जेठ २५ गते संविधान निर्माणका लागि प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सम्झौतालाई तुहाउन राष्ट्रपति यादवले आफ्ना साह्रा संयन्त्र तथा शक्तिकेन्द्र परिचालन गरेका थिए त्यसलाई उनले आइतबारसम्म पनि निरन्तरता दिएका छन् ।
प्रदेशको सीमांकनको टुंगो नलगाई संविधान जारी गर्ने बुँदा अन्तरिम संविधान विपरीत हुन् भन्दै राष्ट्रपति यादवले बबाल मच्चाएका थिए । उनका कानुनी सल्लाहकारहरुकै सक्रियतामा सर्वोच्च अदालतमा मुद्दा दायर गरी १६ बुँदे सम्झौतालाई अन्तरिम संविधानविपरीत ठहर गराइएको थियो ।
प्रदेशहरुको सीमाकंनलाई थाती राख्ने बुँदामा बाहेक १६ बुँदे सम्झौतामा राष्ट्रपति यादवले देखिने गरी आपत्ति जनाएका थिएनन् । आजको तरुण साप्ताहिकका खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्