×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रअ’ का एजेन्टको डिजाइनमा मधेस आन्दोलन भएको सनसनिपूर्ण खुलासा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘रअ’ का एजेन्टको डिजाइनमा मधेस आन्दोलन भएको सनसनिपूर्ण खुलासा !

१३ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भारतीय दूतावास र पेन्सन क्याम्प मोर्चाको सेल्टर

इटहरी : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको भन्सार केन्द्रित आन्दोलनको डिजाइन बिराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय र धरानस्थित भारतीय पेन्सन क्याप्पमा हुने गरेको दाबी स्रोतले गरेको छ ।

भारतीय गुप्तचर संस्था र का प्रतिनिधिहरुले विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय र धरानस्थित भारतीय पेन्सन क्याम्पमा बसेर मधेसी मोर्चाको आन्दोलनलाई सहयोग गर्न योजना बनाउने गरेको दाबी स्रोतको छ ।

दुबै कार्यालयमा दैनिक मध्यराति भारतीय गाडीमा भारतीय जासुसी संस्था ‘रअ’ का प्रतिनिधि र मधेसी मोर्चाका नेताहरुले आन्दोलनको योजना बनाउने गरेको बुझिएको छ ।

दुबै कार्यालयमा मध्यराति भारतीय नम्बर प्लेटका गाडी भित्रने गरेका प्रत्यक्षदर्शी स्थानीयबासीहरुले बताउने गरेका छन् ।

‘दुबै कार्यालयमा मध्यरातमा भारतीय गाडी छिर्ने गरेको जानकारी हामीलाई स्थानीयले दिने गरेका छन्’, पूर्वाञ्चलका एक सुरक्षा अधिकृतले भने, ‘ती कार्यालयमा भारतीय जासुसी संस्थाका प्रतिनिधि र मधेसी नेताबीच गोप्य वार्ता र आन्दोलनको योजना बन्ने गरेको सूचना हामीसम्म आइपुगेको छ ।’

मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरले विहारका मुख्यमन्त्री नितिश कुमार र विहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई भेटेर फर्केपछि पूर्वी नेपालमा भारतीय जासुसी एजेन्टहरुको चलखेल बढेको हो ।

मधेसी मोर्चाका नेताहरुले केही वर्ष अघिसम्म तराईमा हिंसात्मक आन्दोलन गरेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष ज्वाला सिंहलाई पनि भेटेर आन्दोलन सफल बनाउन गुहार मागेका थिए ।

ज्वाला सिंहसँगको वार्तापछि तराई–मधेसमा २ सय ५० जनाबढी भारतीय हतियाधारीहरु नेपाल छिरेका हुन् ।

उनीहरु नेपाल छिरेको पुष्टि पूर्वाञ्चलस्थित सुरक्षानिकायका उच्च अधिकृतहरुले पनि गरेका छन् ।

केही दिनअघि बिराटनगर नाकाबाट सञ्चारकर्मीका रुपमा छिर्न लागेका दर्जनौ भारतीयलाई सुरक्षा निकाय र स्थानीयले रोकेका थिए ।

‘रअ’ का एजेन्टहरु सञ्चारकर्मीको परिचय बनाएर केही सातायता पूर्वका बिराटनगर, इटहरी, सिरहा, सप्तरी र बिराटनगरमा बढी सक्रिय रहेको स्रोतको दाबी छ ।

उनीहरुको सक्रियता नेपालमा बढेसँगै मधेसी दलले पनि पूर्वका सीमानाकामा आन्दोलन कडा बनाइरहेका छन् ।

आन्दोलनका क्रममा भारतीय भूमिमा पुगेर नेपाली सुरक्षाकर्मीलाई ढुंगामुढा बर्साउँदा पनि भारतीय सुरक्षाकर्मीहरु रमिते बनेपछि मधेसको आन्दोलनमा भारको प्रत्यक्ष हात रहेको पुष्टि भएको हो ।

अर्कातिर भारतमा बस्दै आएका ज्वाला सिंहले मधेस आन्दोलन सफल बनाउन हतियारसहितको आन्दोलन थाल्ने बताएपछि मधेसी मोर्चाका नेताहरु थप हौसिएका स्रोतको भनाइ छ ।

यादव, महतो र ठाकुरले ज्वाला सिंहलाईसमेत भेटेर मधेस आन्दोलनलाई सहयोग गर्न माग गरेपछि ज्वाला सिंहले हतियारसहितका २ सय ५० कार्यकर्ता नेपाल पठाएको श्रोतले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: