भारतसँग सिमाना जोडिएका नेपालका बजारहरूमा भारतीय मुद्रा (भारु)को कालोबजारी बढेको छ । यसअघि पनि ती क्षेत्र भारुको कालोबजारी हुँदै आएकामा करिब २ महिनादेखिको तराई आन्दोलन र भारतको नाकाबन्दीले झनै बढाएको सरोकारवालाले बताएका छन् । हाल १ सय भारुबराबर १ सय ७० देखि १ सय ७५ रुपैयाँसम्ममा कारोबार हुने स्थानीय व्यवसायीले बताएका छन् । वीरगन्जका एक स्थानीय व्यापारीले भने, ‘ठाउँ, व्यक्ति र आवश्यकताअनुसार विनियम दर फरक हुन्छ ।’
सीमावर्ती बजारहरूमा भारुको कालोबजारी बढेको नेपाल राष्ट्र बैंक वीरगन्ज प्रमुख बमबहादुर मिश्रले स्वीकार गरे । वीरगन्ज तराई आन्दोलनबाट सबैभन्दा प्रभावित जिल्ला हो । संक्रमणकालको फाइदा उठाउँदै स्थानीय बजारहरूमा भारुको प्रिमियममा कारोबार बढेको उनले जानकारी दिए । राष्ट्र बैंकले नियमित रूपमा भारु सटही सुविधा दिए पनि बजारको कारोबार नियन्त्रण बाहिर रहने उनले बताए । आन्दोलनका कारण बैंक तथा वित्तीय संस्था सहज रूपमा सञ्चालनमा आउन नसकेकाले बजारमा भारु अभाव भएको छ ।
तराई आन्दोलनले भारुको कालोबजारी धेरै बढाएको नेपाल राष्ट्र बैंक जनकपुर कार्यालय प्रमुख मुकुन्द महतले बताए । बजारको बढ्दो मागलाई ध्यानमा राखेर राष्ट्र बैंकले भारु सटही सुविधा बढाएको पनि उनले जानकारी दिए । सामान्य अवस्थामा दैनिक औसत १० लाखबराबरको भारु सटही हँुदै आएकामा अहिले १७ देखि १८ लाख सटही हुँदै आएको उनले जानकारी दिए ।
यस्तै, नेपालगन्ज र सो क्षेत्रका सीमावर्ती बजारहरूमा पनि भारतीय मुद्राका कालोबजारी बढेको स्थानीय व्यापारीले बताएका छन् । भारतसँगको अधिकांश व्यापार अनौपचारिक रूपमा हुने र त्यस्तो कारोबार भारुमार्फत हुने भएकाले पनि यस्तो अवस्था आएको नाम बताउन नचाहने एक स्थानीय व्यापारीले बताए । उनले भने, ‘राष्ट्र बैंकले सटही गर्ने ५ हजार भारुले त केही पनि हुँदैन ।’
‘यो क्षेत्रमा पनि भारुको कालोबजारी धेरै छ,’ राष्ट्र बैंक नेपालगन्ज कार्यालय प्रमुख भीष्मराज उप्रेतीले भने । बजारमा बढ्दो अनौपचारिक (गैरकानुनी) कारोबार बढेसँगै भारुको कालोबजारी पनि बढेको उनले बताए । उनका अनुसार अनौपचारिक कारोबार राष्ट्र बैंकले मात्र नियन्त्रण गर्न नसक्ने भएकाले भारु कालोबजारी राष्ट्र बैंकको नियन्त्रणबाहिर छ । ‘भारु कालोबजारी नियन्त्रणका लागि राष्ट्र बैंकको प्रयास जारी छ,’ उनले भने । अन्य सीमावर्ती बजारहरूमा पनि भारुको कालाबजारी बढेको राष्ट्र बैंकका भैरहवा (सिद्धार्थनगर), धनगढी कार्यालयहरूले स्वीकार गरेका छन् ।
पछिल्लो समयमा अर्थतन्त्रमा बढ्दो अनौपचारिक कारोबारले भारुको कालोबजारी पनि बढेको नेपाल राष्ट्र विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए ।