Skip to content
LAXMI SUNRISE BANK

‘रक्सि नपाएपछि’ कमल थापाले एलडिओको सरुवा गरेको खुलासा

अर्थ सरोकार

बझाङ, ११ असार । आफ्ना कार्यकर्तालाई खानपान तथा मदिराको व्यवस्था नगरेको भन्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बझाङका एलडिओलाई सरुवा गरेको पाइएको छ ।
असार ४ गते पार्टी कामको शिलशिलामा बझाङ पुगेका उनलाई एलडिओ आत्मराम सत्यालले स्वागत, सत्कार नगरेको भन्दै सरुवा गरेको बताइएको छ । उनीमाथि राप्रपाको कार्यक्रममा आएका कार्यकर्तालाई खानपान तथा बसाईंको व्यवस्था नगरेको समेत आरोप लगाइएको छ ।
स्थानिय पत्रीकामा अाएकाे समाचार

थापाका स्वकिय सचिव दामोदर वाग्लेले उनलाई २४ घण्टाभित्र सरुवा गर्ने धम्कि दिएका थिए । स्थानिय विकास मन्त्रालयबाट बोलावट भएको थियो ।
‘मेरो सरुवा गर्नेलाई नै सबै कुरा थाहा होला किन भयो भनेर,’ बझाङका स्थानिय विकास अधिकारी सत्यालले दियोपोस्टसँग भने, ‘सरुवाको औपचारिक पत्र आइसकेको छैन आज त शनिबार भयो भोली आउँछ होला ।’
उनका अनुसार उनलाई सदरमुकामको एक होटलमा बोलाएर कार्यकर्ताकै अगाडी गाली गलौज समेत भएको थियो ।
आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहँदा स्थानिय विकास अधिकारीको सरुवाको खबर आएपछि त्यहाँका जनप्रतिनिधिले विरोध जनाएका छन् । ‘कमल थापाले श्री–३ प्रवृति देखाए, उनीहरुको कार्यक्रममा मदिरा,खानपान बन्दो वस्त नगरेकै कारण सरुवा गरिनु दुखद कुरा हो,’ बझाङका सांसद जनक बुढाले भने, ‘मन्त्री ज्यूले पावर नै देखाउन खोजेको भए केही दिनपछि देखाएको भए राम्रो हुन्थ्यो ।’
कमल थापाको सचिवालय यसो भन्छ
थापाका राजनीतिक सल्लाहाकार तथा राप्रपा नेपालका युवा नेता राजाराम वर्तौलाले जनगुनासोको सम्बोधन गरिएको जनाकारी दिए । ‘बझाङका स्थानिय विकास अधिकारीले भ्रष्टाचार, अनियमीतता गरेको जनगुनासो व्यापक रहेछ,’ बर्तौलाले भने, ‘तोकीएको समयमा काम नगरेको जस्ता गुनासोहरुकै आधारमा मन्त्रालयका सचिव ज्युले पहिल्यैदेखि बोलाउनुभएको हो ।’
उनका अनुसार स्थानिय विकास अधिकारी सत्यालले आफूले गरेको अनियमिततालाई लुकाउन झूटको साहारा लिएका हुन् ।
बर्तौलाले स्थानिय विकास अधिकारी सत्याल ५ घण्टासम्म उपप्रधानमन्त्री आउने कार्यक्रममा नआएको बताए ।
*तस्बिर अनलार्इन खबरकाे प्रयाेग गरिएकाे हाे ।*
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK