×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय नागरिकले राखेको ‘स्मरणशक्ति’ सम्बन्धि गिनिज रेकर्ड तोड्दैछन् नेपाली ठिटो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतीय नागरिकले राखेको ‘स्मरणशक्ति’ सम्बन्धि गिनिज रेकर्ड तोड्दैछन् नेपाली ठिटो !

८ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

अभिषेक घिमिरे । २० बर्षीय नेपाली ठिटो । उमेर सानो भएपनि उनको प्रतिभा निकै ठुलो छ । एक पटक भनेको कुरालाई सहजै स्मरण गर्न सक्छन् उनी । कसैले भनेको सयौं कुराहरुलाई लगातार सुनेर उनी एक-एक गरी पुन: स्मरण गर्न सक्छन् । 
यसपाली उनी ५०० शब्दलाई सम्झेर गिनिज बुकमा नाम लेखाउन खोज्दैछन् । यसअघि भारतीय नागरिक प्रिजेश मर्लिनले ४७० शब्दलाइ स्मरण गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएका छन् । उनै अभिषेक घिमिरेसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गेरको कुराकानी :

आफुलाई कसरी चिनाउनुहुन्छ ?
म एक नेपाली नागरिक हुँ । सुनसरी, झुम्कामा जन्मिएको हुँ । पाथिभरा स्कुल इटहरीबाट एसएलसी दिएको हुँ भने भानु मेमोरियल बिराटनगरबाट प्लस टु सकेको हुँ । अहिले स्मरणशक्ति सम्बन्धि तालिम दिइरहेको छु । कति कुरा सिकिरहेको छु ।  
अहिले के गरिरहनुभएको छ ?
अहिले ‘ट्रेन योर ब्रेन’ नामक अभियानमा छु । मैले दिने तालिम हो यो । देशका विभिन्न ठाउँमा स्मरणशक्ति सम्बन्धि तालिम दिइरहेको छु ।

सानै हुनुहुन्छ, २० बर्षीय केटोले तालिम दिन्छु भन्दा पत्याउंछन् ?
पहिला पत्याउन गाह्रो मान्नुहुन्छ । तर जातिले मसंग तालिम लिनुभएको छ सबैले आफुमा परिवर्तन पाएको बताउनुहुन्छ ।

कस्तो प्रतिक्रिया पाउने गर्नुभएको छ ?
सार्है राम्रो ।  सबै खुसी हुनुहुन्छ । मैले दिएको टेक्निकले काम गर्यो भन्नुहुन्छ ।  यस्तो प्रतिक्रिया पाउँदा निकै खुसी लाग्छ ।   
तपाइंको गुरु को हो ? 
मेरो त्यस्तो गुरु भन्ने कोहि पनि हुनुहुन्न । 
अनि कसरी सिक्नु भयो त यस्ता टेक्निकहरु ?
किताव पढेर सिकें।  पछी प्राक्टिस गरें ।
पहिलो पटक म यस्तो गर्न सक्छु भनेर कसरी थाहा पाउनुभयो ?
किताव पढेको थिएँ, प्राक्टिस गरेको थिएँ । सक्छु भन्ने लागेको थियो ।  त्यस्तैमा बिराटनगरबाट प्रशारण हुने मकालु टेलिभिजनको एक कार्यक्रममा आफ्नो प्रस्तुती दिएँ ।  म सफल पनि भएँ ।  त्यहाँबाट मलाइ धेरैले राम्रो प्रतिक्रिया दिनुभयो ।
तालिम दिन कहिलेबाट सुरु गर्नु भएको ?
करिव डेढ बर्ष भयो । आफुले सक्छु भन्ने लागेपछि अरुलाई पनि सिकाउनु पर्छ जस्तै लाग्यो र सुरु गरें ।
कतिपय मान्छेको छिट्टै बिर्सने समस्या हुन्छ नि ? स्मरण शक्ति कसरि बढाउने ?
हरेक कुराको चित्र बनाएर दिमागमा राख्नुपर्छ । दिमागले मात्र चित्र बुझ्छ । हरेक कुरालाई चित्र बनाएर दिमागमा राखेको खण्डमा केहि कुरा पनि सम्झन गाह्रो छैन ।

दिमागमा चाहिं सबै कुरा सेट गर्न सकिन्छ र ?
नसकिने भन्ने कुरानै हुँदैन । दिमागले कहिले पनि यो ‘न’ भन्ने कुरा बुझ्दैन । मानौं मैले तपाइँलाई ‘खोला नसम्झनुहोस् भनें भनेपनि तपाइंको दिमागमा खोलानै आउँछ ।’ दिमागले ठिक त्यसैगरी काम गर्छ । दिमागले सब्द बुझ्दैन, चित्र बुझ्छ । चित्र सेट गर्न सक्यो भने केहि पनि गाह्रो छैन ।    
आगामी लक्ष के छ ?
गिनिज बुकमा नाम लेखाउने छ । भारतका एक नागरिक प्रिजेश मर्लिनले २३ जुन २०१२ मा ४७० वटा कुराहरु सम्झेर गिनिज बुकमा नाम लेखाउनु भएको छ । म त्यो रेकर्डलाई ब्रेक गरेर गिनिज बुकमा नाम लेखाउन चाहन्छु ।
तयारी कतिको छ ?
छ।  ५०० शब्द सहजै स्मरण गर्न सक्छु भन्ने छ ।
गिनिजमा आवेदन दिनु भयो त ?
दिएँ । आवेदन स्वीकृत पनि भैसकेको छ । अरु केहि प्रक्रियाहरु बाँकी छन् ।  त्यो पूरा भएपछि मेरो सपना टाढा छैन ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: