×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता र माछापुछ्रे बैंक कालो सूचीमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जनता र माछापुछ्रे बैंक कालो सूचीमा

१५ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल राष्ट्र बैंकले लामो समय करिब ७ महिला मर्जरको नाटक रचेर वीच बाटोमा छाडेको जनता बैंक र माछापुछ्रे  बैंकलाई सचेत पत्रको कारवाही राष्ट्रबैंकले गरेको खुला भएको छ । 

राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले दिएको जानकारी अनुसार मर्जर तोडेका बैंकहरुको अर्को मर्जरको लागि तीन महिनासम्म प्रस्ताव स्वीकार नगर्ने रणनीति राष्ट्र बैंकले लिएको छ । मर्जर गर्ने हल्ला गर्ने र आफ्ना स्वार्थ अनुकूल नभएपछि मर्जर तोड्ने बैंक र वित्तिय संस्थालाई ३ महिना कालो सूचिमा राख्ने राष्ट्र बैंक सुत्रको दाबी छ ।
३ महिनासम्म उसको मर्जर प्रस्ताव राष्ट्र बैंकले लिने छैन । स्रोतले भन्यो । मर्जरको सम्झौता गरि राष्ट्र बैंक पठाउने र वीचमा अन्तिम स्वहित लिन नहाउने र आफ्नो स्वार्थ अनुकूल नभएपछि वीचैमा तोड्ने परम्परा बढेकाले अब यस्तो रोक्न राष्ट बैंकले कडा निर्देशन जारी गर्ने भएको छ । मर्जर तोड्ने जनता, कुमारी, माछापुच्छे« लगायत बैंकहरु रहेको छन् । यसले लगानी कर्तालाई ठूलो मर्का पर्ने देखिन्छ । लामो समय शेयर कारोबार बन्द हुँदा लगानीकर्ता मर्कामा पर्ने हो । त्यसकारण अब उप्रान्त राष्ट्र बैंकले कडा निर्देहन जारी गर्ने तयारी गरेको स्रोतको दाबी छ । 
माछापुछ्रे बैंक र जनता बैंकको सहमती ७ महिना पछि तोडिएको र लामो समय शेयर कारोबार बन्द भएको छ अझै कारोबार खुलेको छैन । त्यस्तै कुमारी बैंकको पनि शेयर कारोबार बन्द छ । यसले लगानी कर्तामा ठूलो असर पर्ने देखिन्छ । 
जनताको पैसा आफ्नै बुबाको पैसा जस्तो चलाउने बैंकरहरु र संचालकहरुको आफू अनुकूल मर्जर नहुने भएपछि पद खानेका लागि मर्जर नहुने भएपछि पद खानैका लागि मर्जर भाडिएको राष्ट्र बैंकको बुझाई रहेको स्रोतको दावी छ । सबै कुरा मिली सकेपछि नाम के राख्ने, को सिइओ हुने, को को संचालक हुने कुरा झिकी मर्जर तोड्ने दर्जन बैंकर र संचालकहरुलाई राष्ट्र बैंकले चाडै सचेत गराउने भएको छ । 
आगामी २०७४ असार मसान्त भित्र चुक्ता पूजी ८ अर्ब पु¥याउन वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिए पनि ‘छोरी माग्ने विवाह नगर्ने’ केही बैंकहरुलाई अब पूँजी पु¥याउन कठिन हुने र राष्ट्र बैंकले पूँजी पु¥याउन कडा निर्देशन ल्याउने समेत स्रोतको दाबी छ । 
लामो सहय मर्जका लागि कारोबार बन्द गर्ने र अन्तिम समयमा टुट्दा लगानीकर्ता पनि मर्कामा पर्ने गरेका छन् । मर्जरमा जाने संस्थाको सैद्धान्तिक सहमति भएको १५ दिनदेखि एक महिनासम्म मात्रै शेयर कारोबार रोक्का राख्न नियामन निकायहरुलाई लगानीकर्ताले आग्रह गरेका छन् । मर्जका नाममा पुँजी बजारमा चलखेल हुन्छ भनेर शेयरकारोबार रोक्का राख्ने गरिन्छ । यसले शेयर धनी मारमा पर्ने देखिन्छ । 
  • विशालबाबु आचार्य /राजतिलक 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: