×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विशेष खुलासा : प्रचण्ड प्रधानमन्त्री हुने भएपछि डुब्यो नेपालको ५० खर्व !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विशेष खुलासा : प्रचण्ड प्रधानमन्त्री हुने भएपछि डुब्यो नेपालको ५० खर्व !

१२ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – पुष्प कमल दाहाल (प्रचण्ड) का कारण खरवौँ  रकम नेपाल भित्रिन बाट रोकिएको छ । भारत निकट प्रचण्ड प्रधानमन्त्री हुनेभएपछि चीनका राष्ट्रपति सिजिन पिङ प्रचण्डकै कारण नेपाल नआउने भएपछि अरवौंको सहयोग रोकिने भएको हो ।
चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण क्रममा निकै ठूला प्रोजेक्टहरुका बारेमा सम्झौता हुने योजना रहेको र उक्त योजना प्रचण्ड प्रधानमन्त्री हुने भएपछी रोकिएको केहि नेताहरुको दावी छ । ‘चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन–चारवटा दुरगामी तथा महत्वपूर्ण योजनाहरु सम्झौता हुने योजना थिए ।’ एक एमाले नेताले अर्थ सरोकारलाइ बताए । 
त्यसमा खासगरी काठमाडौं –पोखरा मेट्रो परियोजना, नेपालकै सबैभन्दा ठूलो औद्योगिक करिडोर निर्माण परियोजना र अहिलेसम्म चीनले गर्दै आएको वार्षिक आर्थिक अनुदानमा दश गुणा बढी अनुदान सहयोग गर्नेलगायत परियोजनाहरु भएको बताइएको छ ।
यी सबै परियोजनाहरु कार्यान्वयन गर्न कम्तिमा पनि चीनले नेपालका लागि ५० खर्ब रकम बिनियोजन गर्ने योजना बनाएको थियो । तर, अब रोकिने भएको एमाले नेताहरु बताउछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: