
काठमाडौं/ अर्कैको एटीएम बनाएर बैंक खाताको पैसा चलाएको आरोपमा प्रहरीले २ युवालाई पक्रेको छ । विराटनगरका कोषराज भट्टराई र दोलखाका लीलाबहादुर बाँणा पक्राउ परेका हुन् ।
उनीहरूले केही महिना अघिदेखि पोखराका लेकसाइडका डिपार्टमेन्ट स्टोर्स, रेस्टुरेन्ट र होटलमा अर्कैको एटीएम कार्डबाट पैसा खर्च गरेका थिए । उनीहरूको साथबाट प्रहरीले ह्याक गर्ने मेसिन, ५ वटा एटीएम कार्ड बरामद गरेको छ । उनीहरूले अर्कै व्यक्तिको क्रेडिट कार्डबाट आफ्नो कार्डमा रकम सारेका थिए । उनीहरूले आठ–नौ महिनाको बीचमा करिब ५ लाख रुपैयाँ ठगी गरेका थिए ।
भट्टराई र बाँणाले होटलमा बस्दा र डिपार्टमेन्ट स्टोर्समा सामान किन्दाको पैसा एटिएमबाट तिर्ने गरेका थिए । ‘पसलेले सुरुमा कार्ड स्वाप गर्दा शंका गरेनन्,’ प्रहरी स्रोतले भन्यो, ‘पछि जसको पैसा काटियो उसैले बैंकमा गुनासो गरेपछि रहस्य खुल्यो ।’ प्रहरीका अनुसार ती युवाले सबैभन्दा पहिला बैंकमा पैसा बचत गर्नेहरू पत्ता लगाए । ह्याक गरी तिनीहरूको खाता र एटीएमको नम्बर तथा पासवर्ड अर्कै एटीएममा राखे । अर्कै त्यही एटीएम प्रयोग गरी उनीहरूले होटल र डिपार्टमेन्ट स्टोर्समा खर्च गरे ।
यस घटनाले पछिल्लो समय कास्की प्रहरीलाई नै हैरान पारेको थियो । तर, पक्राउ गर्न भने सकेको थिएन । त्यस्तो ठगीको सुइँको साउन ३ गते क्षेत्रीय प्रहरी कार्यालयको विशेष टोलीले पायो । ठगहरू भनिएका युवाको जस्तै हुलिया भएको र शंकास्पद मान्छे डिहिकोपाटनको एउटा होटलमा रहेको सूचना क्षेत्रीय प्रहरीले प्राप्त
गरेपछि खोजी थाल्यो । त्यसपछि क्षेत्रीय प्रहरी कार्यालयका इन्स्पेक्टर श्यामु अर्यालले विशेष टोलीका असई युवराज कार्कीलाई पुष्टी गर्न पठाए ।
असई कार्कीकै कमान्डमा जिल्ला प्रहरी कार्यालयका सई मेघराज गुरुङ र बैदामबाट कुलबहादुर रोक्का त्यहाँ पुगे । एकजना होटलमै थिए भने अर्का बाहिर । क्षेत्रीय प्रहरीको विशेष टोली कमान्डमा जिल्ला प्रहरी र वडा बैदाम प्रहरी कार्यालयबाट खटिएका सुरक्षाकर्मीले ती दुवै जनालाई पक्राउ गरे । यसअघि पनि बेला–बेलामा तिनै युवाले बैंक ठगी गरेको वडा प्रहरी कार्यालय बैदाम स्रोतले बतायो । ‘जिल्लाबाट टोली खटिए पनि समात्न सकेको थिएन,’ स्रोतले भन्यो, ‘क्षेत्रको विशेष टोलीकै सक्रियतामा काम भएको हो ।’
अनुसन्धान भइरहेको हुनाले यसबारे धेरै कुरा भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता गजुसिद्धि बज्राचार्यले बताए । ‘दुईजना पक्राउ परेका छन्,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ, अरू कुरा भन्न मिल्दैन ।’ पक्राउ परेका दुईजनालाई बैंकिङ कसुर ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
यसरी अरूको कार्ड ह्याक गरेर एटीएमको प्रयोग गरी रकम निकाल्ने र पसललाई ठग्ने समूह काठमाडौंमा केही देखिएका थिए । तर, पोखरामा भने यो घटना नौलो रहेको प्रहरी अधिकारी बताउँछन् । ‘नयाँ प्रविधिको प्रयोग गरी चोर्ने यो तरिका पोखराका लागि नौलो हो,’ ती प्रहरी अधिकारीले भने, ‘यिनीहरू पक्राउ पर्नु प्रहरी संगठनकै लागि ठूलो उपलब्धि हो ।’ यसअघि काठमाडौंमा विशेषगरी विदेशीहरूले यसरी नै ह्याक गर्ने गरेको घटना धेरै छन् । पछिल्लो समय नेपाली ह्याकरहरू पनि सक्रिय रहेको स्रोतले बतायो ।
प्रस्तुती : शेयर बाजार साप्ताहिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्