Skip to content
LAXMI SUNRISE BANK

वित्तीय अनुशासन विपरित जनता झुक्याउंदै जनता बैंक !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

जनता बैंक नेपाल लिमिटेडले सार्वजनिक गरेको वित्तीय विवरणमा उसले जनता झुक्याउने काम गरेको छ । सार्वजनिक गरेको छ। वित्तीय अनुसाशन विपरित पछिल्लोपटक जनता बैंकले भ्रमपूर्ण वित्तीय बिवरण सार्वजनिक गरेको छ ।
बैंकले प्रकाशित गरेको विवरणमा गत बर्षको त्रैमासमा ३२ करोड ३५ लाख मुनाफा, ७४ करोड ७६ लाख खुद ब्याज आम्दानी र ४५ करोड ७६ लाख संचालन मुनाफा गरेको जानेको छ । तर वास्तविकता भने बैंकको उक्त आम्दानी एक आर्थिक बर्षको नभई २ आर्थिक बर्षको रहेको तर बैंकले लगानीकर्तालाई भ्रममा पार्ने उदेश्यले झुटो विवरण सार्वजनिक गरेको श्रोतले जनाएको छ।
दुइ बर्षको आम्दानीलाई एक बर्षको हो भनेर जनता बैंकले जनतालाई झुक्याउने प्रयास गरेको छ । राष्ट्र बैंकबाट एक बर्षसम्म मर्जरमा जान नमिल्नेगरी कारवाही भोगिसकेको जनता बैंकले जनतामाथि गरेको बेइमानीको यो पहिलो उदाहरण भने होइन । 
जनता बैंक सम्बन्धि यी सामाग्री छुटे कि ?
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK