×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मोबाइल फोटोग्राफीमार्फत फोटोपत्रकारिताको प्रयास

  • दिक्षा कट्टेल / अर्थ सरोकार डटकम  (सम्पादकीय)

काठमाडौँ – आज १७७औं विश्व फोटोग्राफी दिवस । विश्व फोटोग्राफीले यति लामो कालखण्ड पार गरीसक्दापनि नेपालमा व्यावसायिक फोटोग्राफीले अझैं पनि छलाङ मार्न सकेको छैन । यद्यपी पत्रकारितामा फोटोको महत्वलाई पछिल्लो पुस्ताका पत्रकार र मिडियाहरुले राम्रैसँग बुझेका छन् ।
अहिले नेपालमा विभिन्न पत्रपत्रिका र कान्छो पुस्ताको पत्रकारिताको रुपमा बिकास भएको अनलाइन पत्रकारितामा फोटोको भरपुर उपयोग भएको देखिन्छ ।
स्थापनाकालदेखिनै हामी केहि फरक गर्ने प्रयासमा छौं । अनलाइन पत्रिका सुरु गर्दादेखि नै डीएसएलआर क्यामराको आवश्यकताको चर्चा भइरहँदा हामी मोबाइल फोटोग्राफी गरौँ भन्ने आँट आएको थियो । गुणस्तरमा केहि सम्झौता भएको हुन सक्छ । तर पनि हामी सिक्दैछौँ । मोबाइलबाटनै फोटो पत्रकारिताको फरक प्रयासमा छौं हामी ।
हामीले खोज पत्रकारितादेखि ‘न्यूजब्रेक’ मा प्रयोग हुने सबै फोटो मोबाइलबाट नै खिचेका छौं । 
आजसम्म हामीले जति फोटो खिचेका छौँ, वा फोटो स्टोरी बनाएका छौ, सबै मोबाइलबाट नै गरेका छौं । पाठकको प्रतिक्रिया र साथ पाईरहेका हामी अझै केहि फरक गर्ने प्रयासमा छौं ।  अर्थ सरोकार डटकम हेर्दै रहनुहोला ।
हामीले मोबाइलको प्रयोगबाट प्रयास गरेका केहि फोटोस्टोरीहरु निम्नानुसार छन् । पढेर प्रतिक्रिया दिनुहोला ।         
अन्त्यमा, सबैलाई विश्व फोटोग्राफी दिवसको शुभकामना !   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: