×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको ‘झुर’ सेवाको नमुना नम्बर २ : यस्तापनि कर्मचारी छन् प्रभुमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रभु बैंकको ‘झुर’ सेवाको नमुना नम्बर २ : यस्तापनि कर्मचारी छन् प्रभुमा

९ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – निकै नाम चलेको तर पछिल्लो समय ‘झुर सेवा’ का कारण बदनाम बन्दै गएको प्रभु बैंकको एक पछी अर्को झुर सेवाका नमुनाहरु बाहिरिएका छन् । यस अघि पनि हामीले प्रभु बैंकको ‘झुर’ सेवाको नमुना नम्बर १ : चाहिएको बेला चल्दैन एटिएम, ग्राहकलाइ सास्ती ! शीर्षकको समाचारमा आवश्यक परेको बेला प्रभुको एटिएम नै नचल्ने, अधिकांस समय एटिएममा समस्या आउने जस्ता झुरसेवाको नमुना प्रस्तुत गरेका थियौं । 

खाता खोल्न चाहिने कागजात समेत थाहा छैन कर्मचारीलाई : 
गत असार ३० गते कोटेश्वर निवासी पत्रकार सुरज प्याकुरेल प्रभु बैंकमा खाता आफ्नो कम्पनी शुभम्खो मिडिया प्रालि को खाता खोल्न गएका थिए । उनले कम्पनीको खाता खोल्नका लागि फारम पनि भरे । उनी भन्छन्क, ‘प्रभु बैंकको तीनकुने साखाको सेवा यति सम्म झुर रहेछ कि कम्पनीको खाता खोल्न के के चाहिन्छ भन्ने पनि थाहा थिएन त्यहाँका कर्मचारीलाई । म इन्ट्रन हो थाहा छैन भन्नुभएको एक जना बहिनीले । एक छिन दिदि आउनुहुन्छ भनेपछि म केहि समय कुरें पनि । नभन्दै अर्को कर्मचारी आउनुभयो तर उहाँलाइ पनि थाहा रहेनाछ कम्पनीको खाता खोल्दा के के चाहिन्छ भनेर ।
‘माइनोट’ भनेको समेत बुझ्दैनन् कर्मचारी 
‘प्याकुरेल अगाडी भन्छन्, ‘त्यसपछि मैले आफैंले यो यो चाहिन्छ भनेर जानकारी दिएँ । ती कर्मचारीले त्यहि त्यहि गरिन् । यहाँसम्मकी कम्पनीको खाता खोल्दा कम्पनीको माइनोट चाहिन्छ कि भन्ने मेरो प्रश्नमा ‘ हजुर’ भन्ने जवाफ आयो । मैले ति कर्मचारीले माइनोट भनेको नबुझेको बुझिहालें ।’ ‘सेवा निकै झुर छ । एक मनले त यहाँ खाता खोलेर के काम जस्तो पनि लाग्यो । तर नजिक हुनुको फाइदा हुन्छ भनेर त्यहीं खोल्नु थियो ।  
करचुक्ता होइन करचुक्ती रे !
‘एक छिन है म भित्र सोधेर आउंछु ।’ त्यहाँकी कर्मचारीभित्र केहिबेर बसेपछि केके कागजात चाहिन्छ भनेर सोधेर आइन् । र मैले दिएको कागजात ओल्टाई पल्टाई हेरिन् । ‘करचुक्ती खोइ त’ उनको प्रश्नले मलाइ एक मनले हाँसो उठ्यो । ‘मैले उनले करचुक्ताको प्रमाणपत्र मागेको हो भन्ने थाहा पाईसेको थिएँ । ‘केहि महिना अघि मात्र हो कम्पनी खोलेको । आर्थीक बर्ष नाघेको छैन । मैले यस अघि नै उनीहरलाई के के चाहिन्छ भन्ने सोधीसकेकाले उनीहरुले केहि जवाद दिएनन्। ‘ प्याकुरेलको गुनासो थियो ।          
नियम नै पूरा नगरी खाता खोलियो 
प्याकुरेल अगाडी भन्छन्, ‘मैले सबै फर्महरु भरें । एसएमएस बैंकिङ, इ-बैंकिङ लगायतका सेवाहरु पनि लिन आवेदन दिएँ । उहाँहरुले ठिक छ आज जानुहोस् भनेपछि घर फर्कें ।   भोलिपल्ट फोन आयो, ‘तपाईं बैंक आउनु पर्यो दुइ ठाउँमा तपाईंको सहि र कम्पनीको छाप छुटेछ ।’ अचम्म लाग्यो करिव ५ मिनेट ओर्काइ फर्काइ के हेरेका रहेछन् कुन्नी !
 कम्पनीको नाममा व्यक्तिगत एटिएमबारे खास जानकारी छैन कर्मचारीलाई 
उनका अनुसार  कम्पनीको नाममा आफुले मात्र चलन गर्ने गरी एटिएमको माग गरे । सुरुमा त कम्पनीको नाममा एटिएम दिन मिल्दैन भनियो । ‘एटिएम कहाँ कम्पनीको नाममा दिन मिल्छ र ? रिसेप्सनमा बसेकी महिलाको यस्तो उत्तर आएपछि आफुले पहिलाको आफ्नो कम्पनीको नाममा रहेको एनबी बैंकको एटिएम देखाएपछि एक छिन पर्खनुहोस् है, म भित्र सोध्छु भनियो ।’
यो पनि पढ्नुहोस् :
    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: