
- अर्थ सरोकार डटकम
राष्ट्रिय प्रशारण लाइनमा २५ मेगावाट विजुली जोडिएको छ। १३२ केभीएको भुलभुले–मध्यमर्स्याङ्दी ‘सिंगल सर्किट’ को प्रसारण लाइनमार्फत २५ मेगावट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। सोमबार राजधानीको होटल ह्यातमा आयोजना गरिएको कार्यक्रमका बीच उर्जा मन्त्री जनार्दन शर्माले टेलिफोन मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोड्न अनुमति दिएपछि प्रशारण लाइनमा जोडिएको हो।
९० प्रतिशत चिनिया लगानी र १० प्रतिशत नेपाली लगानी कर्ताको लगानीमा निर्माण माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना निर्माण गरिएको हो। भुलभुलेमा निर्माण गरिएको माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाको कुल क्षमता ५० मेगावाट हो । २५र२५ मेगावाटको दुई वटा टर्बाइनमध्ये युनिट नं। १ लाई सञ्चालनमा ल्याइएको हो। युनिट नं। २ को परीक्षण सफल भएपनि नेपाल विद्युत प्राधिकरणसँग गरिएको सम्झौता अनुसार तीन महिनाभित्र जडान गरिने सगरमाथा पावर कम्पनीका अध्यक्ष राजुबाबु श्रेष्ठले बताए। मर्स्याङदीमा मनकामना केवलकार समूहको १० प्रतिशत सिनो हाइड्रो चाइनाको ९० प्रतिशत सेयर रहेको छ। भुलभुले–मध्यमर्स्याङ्दी २० किलोमिटर लम्बाइको प्रसारण लाइन गत साता परीक्षण गरिएको थियो।
तोकिएकै सयममा निर्माण सम्पन्न गर्ने पहिलो आयोजना माथिल्लो मर्स्याङ्दी आयोजना तोकिएको मितिमा निर्माण सम्पन्न गर्ने पहिलो आयोजना हो। यो आयोजना बाहेक नेपालमा सुरु गरिएको अन्य कुनै पनि जलविद्युत आयोजना तोकिएको समयमा सकिएको छैन। २०७० सालमा चार वर्षमा निर्माण कार्य सम्पन गर्ने लक्ष सहित आयोजना सुरु गरिएकोमा आयोजनका व्यवसायिक निर्माण कार्य २०७१ असोज १ गते बाट सुरु गरिएको थियो। नेपाल विद्युत प्राधिकरणसँग २०७३ असौज महिनासम्म निर्माण कार्यमा सक्नुपर्ने थियो। विभिन्न समस्याका बावजुद पनि आयोजना सम्पन गर्न सफल भएको सिनो हाइड्रो कम्पनीको प्रवर्द्धक कम्पनी चाइना पावर कम्पनीका अध्यक्ष सेङ्ग युमिनले बताए। ‘हामीले २०१५ सेक्टेम्बर महिनामा नै सक्थ्यौ गत वर्ष गएको भूकम्प र नाकाबन्दीको कारण यो समयमा सम्पन्न गरेर पनि राष्ट्रिय प्रशारण लाइनमा जोडेका छौं, तोकिएको समयमै काम पुरा भएको छ हामी उत्साहित छौ’ युमिनले भने।
यो आयोजना चीनको लगानीमा निर्माण सम्पन्न भएको पनि पहिलो आयोजना हो भने विदेशी लगानीमा सम्पन्न भएको तेस्रो आयोजना हो। यसअघि नेपालमा अमेरिकन लगानी र नर्वेको लगानीका एकरएक वोटा आयोजना सम्पन्न भएका थिए। आयोजना निर्माणको लागी १६ अर्बको लगानी माथील्लो मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणको लागि १६ अर्ब रुपैयाँ लगानी लागेको सिनो हाइड्रोले जनाएको छ। आयोजना निर्माणको लागि सुरुमा १२ अर्ब रुपैयाँ मुल्यांकन गरिको थियो। तर उत्पादन मुल्य बढेपछि ४ अर्ब रुपैयाँ थप्नु परेको सगरमाथा पावर कम्पनीका अध्यक्ष राजुबाबु श्रेष्ठले बताए।
सिनो हाइड्रोले प्रशारण लाइन समेत आफ्नै लगानीमा निर्माण गरेका जनाएको छ। प्रशारण लाइन निर्माणको लागि ६६ करोड रुपैयाँ लगानी लागेको श्रेष्ठले बताए। मन्त्रीले भने लगानी भित्र्याउनको लागि सहयोग पुग्यो उर्जा मन्त्री जनार्दन शर्माले चीनको लगानीमा निर्माण गरिएको माथिल्लो मर्स्याङदी आयोजना समयमै निर्माण हुनुले विदेशी लगानी भित्र्याउन सहयोग पुगेको बताए। ‘
विदेशी लगानीमा निर्माण गरिएको आयोजना समयमै सकिएको छ, लगानी गर्न समस्या छ समयमै काम सकिन्न लगायतका भ्रम पनि थिए यो आयोजना निर्माणले समयमै काम पूरा गर्न सकिन्छ भन्ने देखाएको छ, यसले विदेशी लगानीमा सहयोग पुग्ने छु मन्त्री शर्माले भने। उनले आफ्नो दौडमा सिनो हाइड्रोले साथ दिएकोमा खुसी व्यक्त गरे।’ मान्छेलाई बाँच्नको लागि अक्सिजनको आवस्यक परे जस्तै नेपालको विकासमा जलविद्युतको पनि त्यस्तै आवश्यकता छ, जलविद्युत विकासमा हामी धेरै ढिला भएका छौं, त्यसैले मैले अब हिँडेर हुँदैन दौडन पर्छ भन्ने नीति ल्याएको छु, यसमा तपाईंहरुले साथ दिनु भयोु मन्त्री शर्माले भने। शर्माले आफुलाई मर्स्याङ्दीमा गएर प्रशारण लाइन जोड्न रहर भएको प्रतिक्रिया समेत दिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्