Skip to content
LAXMI SUNRISE BANK

फोहोरबाट काठमाडौंमा बिजुली निकाल्ने तयारी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बतदाता 

काठमाडौँ – काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट दैनिक उत्पादन हुने ६ सय ८९ टन फोहोरबाट तत्काल १४ किलोवाट विद्युत उत्पादन गर्ने तयारी भइरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले बताएका छन्। संसदमा मंगलबार सांसद धनराज गुरुङ प्रस्ताव रहेको जरुरी सार्वजानिक महत्वको प्रस्तावको प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले लगानी बोर्डलाई मुलुक भित्र र बाहिरका उर्जा उत्पादनक कम्पनीलाई विद्युत उत्पादनको जिम्मेवारी दिने सम्बन्धमा छलफल र वार्ता गर्न जिम्मेवारी दिएको जनाए।
‘उपत्यकाबाट दैनिक निस्कने फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन हुने गरी परिक्षण सुरु गरिएको छ’, मन्त्री पाण्डेले भने‘ टेकुस्थित फोहोर मैला संकलन तथा प्रशोधन केन्द्रमा परिक्षणको रुपमा उर्जा उत्पादनको काम गरिएको छ।’ मन्त्री पाण्डेले गत बैशाखमै फोहोरबाट विद्युत उत्पादन गर्ने कम्पनीसँग वार्ता गरी निर्णय लिन सरकारले लगानी बोर्डलाई जिम्मेवारी दिएको बताए। 
सांसद धनराज गुरुङले प्रस्ताव गरेको जरुरी सार्वजानिक महत्वको प्रस्तावमा नेपालमा नविकरणीय उर्जा उत्पादन गर्न सकिने बायोग्व्याँस प्रविधि विदेशी मुलुकमा समेत हुने भएकोले काठामाडौंबाट उत्पादन हुने फोहोरबाट एक सय मोघावाट विद्युत उत्पादन गर्न सकिने दाबी गरिएको छ। प्रस्तावमा हालै विशेषज्ञहरुले गरेको एक अध्ययनको आधारमा उपत्यकाबाट एक सय मेघावाट विद्युत उत्पादन गर्न सकिने दाबी गरिएको छ। फोहोरबाट उर्जा उत्पादनका साथै कम्पोस्ट मल समेत उत्पादन गर्न सकिने भन्दै जरुरी सार्वजानिक महत्वको सो प्रस्तावमा ठूलो मात्रामा जनशक्तिले रोजगारी पाउने दाबी गरिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK