
आदरणिय डा. गोविन्द केसी ज्यु,
नमस्कार ,
डा. के सी तपाईको इमान र पेशालाई मेरो सलाम छ । तपाईले उठाउनु भएका मुद्दामा केहिलाई छोडेर मेरो पनि सहमति छ । हामी प्रजातन्त्रमा छौ। यस कारण अनसन वस्ने, विमति राख्ने वा सहमति जनाउने कार्यकालागि , सवै स्वतन्त्र छौ। डा. सावले नवौपटककोअनसनका लागि अल्टीमेटम दिनु भएकोले, फेरि तपाइको अनसन सस्करण चर्चामा छ ।
विशेषत डा. केसी तपाईले उठाउनु भएको मेडिकल शिक्षा र यसमा भएका भनिएका चलखेल सम्वन्धी मुद्दा असाध्यै विचारणिय छन्। वास्तवमै ९० को दशक सगै हामीले अवलम्वन गरेको अर्थनितीको वाइ प्रोडक्टको रुपमा अहिलेको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा हो। त्यसैले डा. केसी तपाईले उठाउनुभएका माग प्रति आंशिक सहमति रहदा पनि तपाईको मिसन र शैलीप्रति पटक्कै सहमत हुन सकिदैन ।
किन भने आजको यो चिकित्सा अराजकताको जड आज मात्रै जन्मिएको विषय होइन । यसको जड डा. राम शरण महत्तको अवैध गर्भबाट हठात जन्माईएको कथित नव उदारवादी अर्थतन्त्र हो। यदि यसलाई हामीले सहि अर्थमा प्रगेल्न सकेनौ भने डा.केसी तपाइको अनसन शृंखला अनन्तसम्म चले पनि कुनै पनि निकास सम्भव छैन । डा.केसी जानकार हुनुहुन्छ , काठ्माण्डौ विश्वविद्यालय डिन युनिर्भसिटीको अवधारणामा जन्मिएको हो । तर कालान्तरमा यो विश्व बिद्यालय सम्बन्धन विश्वविध्यालयको रुपमा परीणत भएको छ ।
त्रिभुवन र महेन्द्र सस्कृत विश्वविध्यालय वाहेका क्षेत्रिय विश्वविध्यालयहरु क्षेत्रिय अवधारणामा जन्मिएका छन्। तर हेर्नुहोस त अहिले यिनिहरुले धारण गरेको स्वरुप । मैले यो किन जनाउन चाहेको भने हामी वास्तविक अवधारणाबाट चिप्लीएका छौ । र , हिड्नु पर्ने बाटो छोडेर अबाटो लागेका छौ। डा. सावको आन्दोलन पनि हाम्रो वास्तविकता जस्तै चिप्लिएर अवाटोको यात्री वन्न लागेको मैले महसुस गरेको छु ।
यदि डा. साव तपाइ यर्थाथमा आउन चाहानुहुन्छ भने आउनुहोस एक पटक हामीले अवलम्वन गरेको आर्थिक नितीको सुक्ष्म विष्लेषण गरौ। यसले हिडाएको बाटोको सर्भे गरौ। किनभने हामिले अहीले खुल्ला वजार र उदार निजी क्षेत्र मैत्रि अर्थनिती अवलम्वन गरका छौ। यसले निजि क्षेत्रलाई अर्थतन्त्रको मुख्य संवाहक मान्दछ र राज्यलाई फेसिलिएटर मात्रै ठान्दछ । यस्तो व्यवस्थाबाट डा. सावले उठाएका माग पुरा हुनु र कलि युगमा विरामि परेका लक्ष्मणको उपचारका लागी हनुमानले पहाडै वोकेर ल्याउनु उस्तै हो, हाति र हात्ति छाप चप्पल जस्तै ।
यो व्यवस्था बाट डा. सावले उठाएका माग सम्वोधन हुनै सक्दैन । किन भने हामी निजी क्षेत्र मैत्री आर्थिक व्यवस्थाको सर्मथक हौ । डा. सावले पनि अहिले सम्म कतै अर्थतन्त्र निजी क्षेत्रवाट राज्यको हातमा जानु पर्छ भन्नु भएकै छैन । यस मानेमा डा. साव गलत रवैयामा हुनुहुन्छ । अव आउनुहोस हिम्मतका साथ भन्नुहोस सवै निजी मेडिकल कलेजहरु राज्यले लेउ । अनि जनतालाई मुफ्तमा सेवा देउ र चिकित्सकहरु पुरा पुर सेवा प्रदायक मात्रै बन । के यो भन्न सक्नु हुन्छ ?
यदि यस्तो होइन भने अव ठुला कुरा छोडौ अनि लागौ स साना सुधार तर्फ । अनि सुधारको प्रयास थालौ डा.साव जस्ता इमान्दार चिकित्सक कार्यरत त्रिभुवन विश्वविध्यालय शिक्षण अस्पताल महाराजगंजवाट । डा.साव एक पटक हेर्नुहोस त त्यहाँका चर्पीहरु । अनि विचार पुर्याउनुहोस त सेवा दिने र भगवान मानिने चिकित्सकहरु र नर्सहरुको त्यो रुखो वोलि तर्फ । अनि एक पटक नजर लगाउनुहोस त त्यहाँ हुने फोहोरि राजनिती तर्फ। के सुधार गर्नु पर्ने चीज तपाई कार्यरत कार्यलयमा छैनन् ।
मेरो आग्रह, डा. साव, अन्ना हजारे मार्गमा हुनुहुन्छ । भारतका यी सादगी सन्तले सन्तले सवैभन्दा पहिला आफ्नो गाउँ रालेगण सिद्धि बाटै आफ्नो अभियान सुरु गरेका थिए । यस कारण उनको जग वलियो छ । तर डा. साव तपाईको धरातल एकदमै सिमसार छ , थलथले छ , तपाई जति सशक्त तरिकाले उठ्न खोज्नु हुन्छ त्यति भासिने खतरामा हुनुहुन्छ । यस कारण नवौ सस्करणको अनसन सुरु गर्नु भन्दा पहिला एक पटक आत्म समिक्षा गर्नु होला ।
- पुष्पलाल पाण्डे /बिज़पाटी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्