×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरकारी बजारमा बिचौलियाको बिगबिगी मारमा किसान

LAXMI SUNRISE BANK

तरकारी बजारमा बिचौलियाको बिगबिगी मारमा किसान

१२ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मंगलबार घट्टेकुलोको न्यौपाने स्टोरमा लौकाको भाउ किलोको ६०, भिन्डीको ७० र घिउसिमीको १२५ रुपैयाँ थियो। मंगलबार नै कालिमाटी तरकारी बजारमा भने लौकाको थोक मूल्य ३५, भिन्डीको ४५ र घिउसिमीको ९५ रुपैयाँ थियो। 
कालिमाटी तरकारी बजारबाट ८० किलोमिटर टाढा रहेको धादिङ चरौंदीको सामुहिक कृषि उत्पादन सहकारीबाट भने लौका २०, भेन्डी ४० र घिउसिमी ५० रुपैयाँ किलोमा बिक्री भएको छ। सहकारीले गोरखा घ्याल्चोकका किसानहरुसँग लौका १५, भेन्डी ३५, र घिउसिमी ४० रुपैयाँमा किनेको छ। किसानले १५ रुपैयाँमा बेचेको लौका काठमाडौं आइपुग्दा ६० रुपैयाँ पुगेको छ। ३५ मा बेच्ने भिन्डी ७० रुपैयाँ र ४० मा बेच्ने घिउसिमी १२० रुपैयाँमा काठमाडौंका उपभोक्ताले किनेका छन्। यसले देखाउँछ कि किसानबाट उपभोक्तासम्म आइपुग्दा तरकारीको मूल्य चारगुणा बढिसकेको हुन्छ। सरकारी अनुगमन नहुँदा तरकारीमा बिचौलियाहरुले मनोमानी गरेको उपभोक्ता अधिकारकर्मी बताउँछन्। 
‘तरकारीको मूल्य कसरी निर्धारण गर्ने भन्ने विषयमा सरकारको संयन्त्र नै छैन, विचैलियाले मनपरी गरेका छन्’ उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने। बाटोमा नै शत प्रतिशत मूल्य वृद्धि हुँदा पनि सरकारी निकाय भने मौन छ। आपूर्ति मन्त्रालय अन्तर्गतको बजार अनुगमन गर्ने निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले हरियो तरकारीको मूल्य अनुगमनका विषयमा आफूहरुले कदम चाल्न नमिल्ने बताए। ‘हरियो तरकारी एक दिन बासी राख्दा कुहिन्छ, माग बढ्यो भने मूल्य बढ्छ र घट्दा घट्छु, धितालले भने, ‘अघिल्लो साल ४० रुपैयाँ केजी बेचेको काउली अहिले ८० रुपैयाँमा किन बेचेकोरु हामीले भन्दैनौँ र भन्न पनि मिल्दैन।’ उनले अन्य उपभोग्य सामग्रीमा भने २० प्रतिशत भन्दा बढी नाफा खानेलाई कारबाहीको दायरमा ल्याएको दावी गर्छन्।
‘२० प्रतिशत भन्दा बढी नाफा खानेलाई कालोबजारी गरेको ठहर गर्दै सिडिओ कार्यालयमा बुझाउने गरेका छौं’, महानिर्देशक धितालले भने। एक वर्षमा कति बढ्यो तरकारीको मूल्यरु गत वर्ष पनि काठमाडौंमा दसैंको समयमा तरकारीको मूल्य निकै बढेको थियो। तर त्यतिबेला भारतले गरेको नाकाबन्दी र इन्धन अभावलाई कारण देखाइएको थियो। गत वर्षको तुलनामा हरियो र सुकेको दुबैथरी तरकारीको भाउ निकै बढेको छ। गत वर्ष असोज ११ गते कालिमाटी तरकारी बजारमा लसुन प्रतिकिलो १४५ रुपैयाँमा बिक्री भएको थियो भने मंगलबारको मूल्य २४५ रुपैयाँ छ। 
त्यस्तै हरियो खुर्सानी गत वर्ष किलोको ४५ रुपैयाँमा बिक्री भएकोमा मंगलबार यसको मूल्य किलोको १४५ रुपैयाँ छ। छ्यापी १०५ बाट २१५, गोलभेडा ३८ बाट ६५, भन्टा लाम्चो ३३ बाट ५५, बोडी ६८ बाट १०५ रुपैयाँ पुगेको छ। त्यस्तै घ्यूसिमीको मूल्य एक वर्षमा १४४ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै तीते करेला ५५ बाट ९५ रुपैयाँ, स्कुस १३ बाट २५, तामा ७५ बाट १३५ रुपैयाँ पुगेको छ। तोरीको सागको मूल्य एक वर्षमा १४२ प्रतिशतले वृद्धि भएको भने चकुन्दरको मूल्य ११३ प्रतिशतले वृद्धि भएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी