×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंक पनि ‘अयोग्य’कै अखडा ! पावरकै भरमा योग्यता नै नपुगेकालाई जागिर

PRIME CA

हिमालयन बैंक पनि ‘अयोग्य’कै अखडा ! पावरकै भरमा योग्यता नै नपुगेकालाई जागिर

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालमा शैक्षिक बेरोजगारहरु बढिरहेका छन्  । अझ बैंकमै काम गर्ने सपना बोकेर व्यवस्थापन शिक्षामा समय, र लगानी खर्चिनेहरु धेरै छन्  । तर पछिल्लो समय नेपालका नाम कहलिएका बैंकहरुले शैक्षिक योग्यता नपुगेकाहरुलाई बैंकमा भर्ती गरेर शैक्षिक जनशक्तिमाथि एकातर्फ बेइमानी गरीरहेका छन् भने अर्कोतर्फ नियम कानुनमाथि धावा बोलिरहेका छन्  । 
हिमालयन बैंक सातदोबाटोकै एक कर्मचारीले दिएको गोप्य जानकारी अनुसार बैंकमा आइए मात्र पढेकाहरुलाई म्यानेजरको पावरकै भरमा ट्रेलरमा जागिर खुवाइएको छ । सातदोबाटो साखामा नर्बदा बजगाईं नाम गरेकी कर्मचारीको शैक्षिक योग्यतानै पुगेको छैन  । उनले मात्र आइए पास गरेकी छिन् । बैंकका कर्मचारीले आफ्नो नाम नबताउने सर्तमा उनलाई नियम विपरित मनखुसी पाराले बैंकमा ल्याईएको दावी गरे । उनका अनुसार मेनेजरको सिधा पावर लगाएर आइए पढेको मान्छेलाई बिना भ्याकेन्सी सुटुक्क ल्याइएको छ  । 
‘त्यहि जागिर खान अरुले स्नातक गरेको हुनुपर्ने, तर कोहि आफ्ना भएपछि त्यतिकै जागिर खाने ? बैंकको भ्याकेन्सीमा कस्ता  कस्ता  योग्यहरु फालिएको छ । ‘ बैंककि एक कर्मचारीले अर्थ सरोकार डटकमसँग गुनासो पोखिन्  । उनका अनुसार जनवरी १, २०१५ देखि उनले बैंकमा काम गरिरहेकी छिन् । ‘यस्तो गलत सिष्टमले हो नेपालका शैक्षिक बेरोजगारहरु बिदेशिनु परेको  । यस्तालाई त कारवाही गर्ने पर्छ  ।’ अर्का एक कर्मचारीले गुनासो पोखे ।

बैंककै कर्मचारीका अनुसार काठमाडौँको नयाँ बानेश्वर साखा लगायतका अन्य केहि साखामा पनि पावर र पैसाकै भरमा अयोग्य कर्मचारीहरु भर्ती गरिएका छन् । यसबारे अर्थ सरोकार डटकमले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ ।

यसबारे बैंकका एचआर विभागमा सम्पर्क गर्न खोज्दा बैंकका कर्मचारी सम्पर्कमा आएनन्  । यसअघि मेगा बैंकमा थुप्रै कर्मचारी ‘अयोग्य’ भएको समाचार अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो भने मेगा बैंकका संचालककै योग्यता नपुगेको खबर पनि अर्थ सरोकार डटकमले ‘ब्रेक’ गरेको थियो  ।
यो पनि पढ्नुहोस् :
हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ? 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: