×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकबाट राजीनामा दिएर पनि अझै तलव खाँदैछन् यिनी !

PRIME CA

नेपाल राष्ट्र बैंकबाट राजीनामा दिएर पनि अझै तलव खाँदैछन् यिनी !

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • शेयर बजार साप्ताहिकबाट 

वरियता र सेवा– सुविधामा मन्त्रीसरहको पद राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा नियुक्त भएपछि डा. मिनबहादुर श्रष्ठले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । गत भदौ १६ गते  मन्त्रीपरिषद्ले उनलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । 

उनले सोको पर्सीपल्टै योजना आयोगमा हाजिर भएर काम सुरु गरिसकेका थिए भने राष्ट्र बैंकबाट चाहि आगामी कात्तिक १ गतेदेखि लागु हुनेगरी राजीनामा दिएका हुन्।  राष्ट्र बैंकको कर्मचारी सेवा नियमावलीमा कुनै कर्मचारीले राजीनामा दिँदा कत्तिकमा १ महिनाअगावै जानकारी दिनुपर्ने प्रावधानअनुरुप उनले राजीनामा पत्र बुझाएको बताइएको छ ।
गभर्नरभन्दा ६ वरियता माथिल्लो तहमा नियुक्त भएका श्रेष्ठले राष्ट्र बैंक छाड्ने निर्णय गरेका  हुन् । जबकी यसअघि कार्यकारी निदशक पदमा हुँदा युवराज खतिवडाले राजीनामा नै नदिई काजको रुपमा योजना आयोगमा काम गरेका थिए । जबकी उनी योजना आयोगमा कार्यकाल सकाएर पुनः राष्ट्र बैंक फर्केर जागिर खाएका थिए । खतिवडाको तुलनामा श्रेष्ठले निक जिम्मेवार निर्णय गरी राजीनार्मा  दिएकोमा प्रशंसा भएको छ।
विगतमा राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा डा. युवराज खतिवडा योजना आयोगको सदस्य चुनिएका थिए । यो पद पनि गभर्नरभन्दा माथिको थियो । तर खतिवडाले योजना आयोगबाट बाहिरिएपछि राष्टबैंकको जागिरलाइ निरन्तरता दिएका थिए । 
सरकारको वरियताक्रममा एक नम्बरमा राष्टपति, दुइमा  उपराष्ट्रपति हुँदै  गभर्नरको नम्बर १४ हुन्छ । जबकी योजना आयोगको अध्यक्ष वरियतामा नौं नम्बरमा पर्छ । हिजो गभर्नरअन्तर्गत रहेर उनले तोकेको विभागमा काम गर्ने मीनबहादुर आज आवश्यक मुद्दामा गभर्नरलाई समेत निर्देशन दिने स्थानमा पुगेका छन् । 
यसअघि डेपुटी गभर्नर नियुक्त गर्न छान्नुपर्ने चार नाममा गभर्नर डा. चिरञ्जिवी नेपालले कार्यकारी निर्देशक श्रेष्ठलाई सिफारिस गरेका थिएनन् । पदावधि सकेर राजीनामा गरेको भए उनको तलब सुविधा झन्डै २० लाख बढी आउने हुनथ्यो । 
तर, अबधी बाँकी रहँदै राजीनामा गरेका कारण उनले पाउने सुविधा घट्ने बताइएको छ । राष्ट बैंकको बोर्डले अझै राजीनामा स्वीकृत नगरेका कारण उनले योजना आयोगको उपाध्यक्षको हैसियतबाट भन्दा पनि राष्ट्र बैंकबाटै तलब सुविधा बुझिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: