
काठमाडौँ – निरन्तरको वर्षाका कारण झापामा तरकारी उत्पादनमा कमी आउने भएको छ। सात हजार ८३५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुदैँ आएको झापा जिल्लामा असोजको पहिलो सातासम्म कृषकले तरकारीको बीउसम्म छर्न पाएका छैनन्। त्यसैले यो वर्ष हिउँदमा तरकारी उत्पादन घट्ने भएको छ।
अहिलेसम्म रायो, तोरी, मुला, काउली उत्पादन भइसक्नुपर्ने भएपनि अविरल वर्षाका कारण किसानले बीउ राख्न नपाएको जिल्ला कृषि विकास कार्यालय झापाका प्रविधिक प्रमुख शालिग्राम भट्टराइले बताए। झापामा प्रत्येक वर्ष १ लाख ४१ हजार २ सय मेट्रिक टनसम्म तरकारी उत्पादन हुँदै आएको थियो।
यसबर्ष भने उत्पादन कम हुने प्रविधिक भट्टराई बताउँछन्। प्रत्येक वर्ष व्यवसायिक तरकारी खेतीबाट तीन लाख रुपैयाँसम्म आम्दानी गरिरहेकी झापा सुरुङ्गाकी किसान रुपा खरेल निरन्तर वर्षा हुँदा दुई पटक राखेको ब्याड समेत नष्ट भएको बताउँछिन्। उनले भनिन्, ‘नाफा त होइन बीउको पैसा समेत नउठ्ने चिन्ता छ।’ पूर्वकै प्रमुख कृषि उपज केन्द्र बिर्तामोडमा समेत झापामा उत्पादन भएको तरकारी छैन।
अहिले भारत र नेपालकै पहाडी जिल्लाबाट मात्र तरकारी आउने गरेको कृषि उपज केन्द्रकी कर्मचारी माया राजवंशीले बताउँछिन्। आधाभन्दा बढी भारतबाट र केही मात्रामा नेपालका पहाडी जिल्लाबाट तरकारी आइरहेको उनले बताइन्।
अघिल्लो महिना मात्र भारत र नेपालका पहाडी जिल्लाबाट ५ हजार ५ सय मेट्रिक टन तरकारी बिर्तामोडको कृषिथोकमा आएको थियो। बाहिरी जिल्लाबाट तरकारी आँउदा झापामा मूल्य आकासिएको छ। अघिल्लो महिनाभन्दा यो महिना तरकारीमा २५ देखि ५० प्रतिशतसम्म मुल्य वृद्धी भएको छ।
अघिल्लो महिना ३० रुपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको आलु यो महिना ७० पुगेको छ। झापामा रायो साग १५०, तोरी १६०, लशुन ४ सय, बोडी १ सय, करेला १ सय र भिण्डी १ सय रुपैयाँ प्रतिकिलो पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्